कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा २०१ औं भानु जयन्ती

आदित्य ढकाल - क्यालिफोर्निया
२०१ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएञ्जलस क्यालिफोर्निया च्याप्टरले यही जुलाई १९ , २०१४ का दिन आर्टेशिया सहरमा साहित्यकार स्रष्टा एवं विभिन्न सामाजिक सङ्घ संथाका समाजसेवीको उपस्थितिमा भानु जन्म जयन्ती समारोह विविध साहित्यिक गतिविधिमाझ नेपाल सरकारको अवैतनिक वाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्य , गैर -आवासीय नेपाली सङ्घका केन्द्रीय सदस्य राजेन्द्र सिवाकोटी साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका उपाध्यक्ष तृष्णा कुवंर को आतिथ्यमा सम्पन्न भएको उक्त २०१ औं भानु जयन्ती कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले गर्नु भएको थियो !

गैर - आवासीय नेपाली सङ्घ अमेरिकाका सह -सचिव दिल बहदुर श्रेष्ठ, सोही संथा अमेरिकाका बोर्ड अफ डाइरेक्टर बलराम थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक सदस्य वेदभक्त जोशी नेपाल अमेरिका एकता समाजका अध्यक्ष शारदा श्रेष्ठ , उपाध्यक्ष सूर्य प्रसाईं समाजसेवी देवी बास्कोटा , निरकाजी गुरुङ ,सुनिल गुरागाईं ,सुमन कार्की , कृष्ण मिश्र , देवी मिश्र राम बाबु पाण्डे , विनोद भेटवाल ,विश्व सुबेदी , केदार पौडेल , रमेश श्रेष्ठ, सूर्य प्रकाश गौतम, युगेश कार्की , सिता प्रसाईं लगायत अन्य साहित्यिक अनुरागीहरुको उपस्थिति रहेको सो कार्यक्रममा नेपाली भाषा प्रति भानुभक्तको योगदान एवं कवि कवियत्रीहरुले आफ्नू रचना कविता, गजल ,भानु-स्मृति कविताहरू पाठ गर्नु भएको थियो !

च्याप्टरका सदस्य प्रकाश चन्द्र घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथि हरुबाट भानुभक्त सम्बन्धी विषयमा आ- आफ्नू अवधारणाको मन्तव्य राख्नु भएको थियो आदिकवि भानुभक्तको तस्बिरमा माल्यार्पण साथै रामायण पाठ गरी सुरु गरिएको उक्त कार्यक्रममा साहित्यिक स्रष्टाहरु शान्तिराम ढकाल , डन बहादुर कार्की, विष्णु प्रसाद पौडेल, ललित श्रेष्ठ, राम लामा ,प्रेम गुरागाईं, प्रकाशचन्द्र घिमिरे, सोभित भेटवाल, तिलक कार्की, तुलसा कार्की , राकेश कुमार कार्की, कविता कार्की, शारदा श्रेष्ठ, मिलन लम्साल, राजेन्द्र सिवाकोटी , सुशिला पाण्डे, संगीता सिवाकोटीबाट श्लोक, कविता, मुक्तक, गजलहरु वाचन गरिएको थियो ।