कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास न्यू योर्क च्याप्टरले २०० औ भानु जयन्ती सम्पन्न

अशोक पन्त /न्यू योर्क :- नेपाली भाषीको पर्वको रूपमा मनाउने योजना बमोजिम यस वर्ष यही जुलाई १३ तारिखका दिन न्यू योर्कको हिमालयन याक रेस्टुराँ मा अ ने सा स न्यू योर्क च्याप्टरले २०० औ भानु जयन्ती भब्यरुपमा मनायो। च्याप्टर का अध्यक्ष विकास बिस्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अ ने सा स का केन्द्रीय अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्य तथा नेपाल मिसनका कान्सेलर घनश्याम लम्साल, प्रा.पदम प्रसाद देवकोटा(महाकवि लक्ष्मी प्रसाद देबकोटा का सुपुत्र),प्रा डा. खगेन्द्र लुइटेल, साहित्यकार नयन राज पाण्डे ,नेपाल चलचित्र बोर्डका सद्स्य राजेन्द्र के सी, साहित्यकार नबराज कार्की समेतको विशेष आतिथ्यता थियो ।

प्रमुख अतिथिबाट दीप प्रज्वलन र विशेष अतिथिज्युहरू बाट भानुको तस्बिरमा माल्यर्पण तथा कन्या हरूबाट नेपाली राष्ट्रिय गानाबाट सुरु भएको कार्यक्रममा च्याप्टरका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य दिनु भएएको थियो । भानु भक्तको बारेमा मन्तव्य दिनुहुनेमा पदम प्रसाद देवकोटा, खगेन्द्र लुइटेल, कान्सेलर घनश्याम लम्साल, साहित्यकार किसन सिंह धामी र गिता खत्री हुनु हुन्थ्यो । विकास बिस्टको गिती सङ्ग्रह "मन को बह" बिमोचन पदम प्रसाद देवकोटा, खगेन्द्र लुइटेल, कान्सेलर घनश्याम लम्साल, साहित्यकार गिता खत्रीले सयुक्त रूपमा गर्नु भयो भने गिती सङ्ग्रहको समीक्षा लेखक विष्णु सिंह (बैजु) ले गर्नु भयो । गीता खत्रीबाट रचित आमा हन आमा खन्डकाब्यको बिमोचन आमा रन्जता शर्माबाट भयो वहाँलाई दोसला ओढाइ सम्मान समेत गरियो ।

उक्त कार्यक्रममा च्याप्टरले विभिन्न महानुभाब वहाँ हरुलाई वहाँ हरूले साहित्यिक क्षेत्रमा दिनु भएको योगदानको कदर गर्दै सम्मान पत्र तथा दोसल्ला ओढाइ सम्मान गरियो, प्राप्त गर्नु हुनेहरुमा गीता खत्री, विष्णु बैजु, पदम देवकोटा, पुनम काफ्ले हुनुहुन्थयो त्यसै गरी प्रशंसा पत्र प्राप्त गर्नुहुने हरुमा कुन्ती थापा,सारदा कार्की तथा शान्ता घिमिरे हुनुहुन्थयो । यस वर्ष देखी न्यू योर्क च्याप्टरले न्यू योर्कमा रहनु हुने स्रष्टाका कीर्तिबाट छनोट गरी १ जना पुरुष र १ जना महिला किर्तीकारलाई नगद पुरस्कार तथा प्रमाण पत्र दिने थालनी गरे अनुसार यस वर्षको पुरुष तर्फ मणी बाङ्देलको मेरो भागमा परेको प्रित र महिला तर्फ पुनम काफ्लेको जुन तारा कृतिलाई नगद प्रमाण पत्रबाट सम्मानित गरियो , उक्त घोषणा बोस्टन बाट आउनु भएकी साहित्यकार तथा छनोट समितिका सद्स्य दीपा राई पुनले गर्नु भयो ।
0

1
सहदेव पौडेलको लेखन तथा निर्देशनमा " म पनि नेपाली बोल्छु" भन्ने नाटकले साह्रै भाबुक बनाएको थियो, उक्त नाटकमा नदिया लिबाङ ( हजुर आमा ) बिभुसा, क्रिस्टल, मिलभा,श्रेणी (नातिनी हरू)ले मन्चन गर्नु भएको थियो, उक्त नाटकमा सहभागीहरू लाई प्रमाण-पत्र तथा उपहार स्वरूप गिफ्ट प्रदान गरिएको थियो उक्त कार्ड राजेन्द्र श्रेष्ठले प्रदान गर्नु भएको थियो । सकुन्तला ज्ञवाली,पबिता परियार र शान्ता घिमिरेका गीतहरू तथा दीपा राई ,सुरेन्द्र बास्तोला, सुनिता शर्मा, कमला प्रसाइ र विजय सिम्खडाका कविता ले मन्त्र मुग्ध पारेको थियो । राष्ट्र कवि माधव प्रसाद घिमिरेको सम्झनामा लम्जुङ बाहुन डाँडामा सालिक र पार्क निर्माण गर्नकालागि अमेरिकाबाट सहयोग गर्नु हुने शान्ता घिमिरे, ज्योति पौडेल, प्रदिप थापा र लीला राईलाई प्रमाण पत्र गीता खत्री तथा खगेन्द्र लुइटेलले प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा बिमला तिमिल्सेना र अनु घलेलाई आजिबन सद्स्यताको प्रमाण पत्र दिइएको थियो अन्त्यमा च्याप्टर कोसाध्यक्ष सुनिता शर्मा ले उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो, संस्थाका महासचिव बन्दना कोइरालाबाट सन्चालन भएको कार्यक्रम सकुन्तला ज्ञवाली र मणी बाङदेल समेत ले उद्घोसण गर्नु भए थियो ,साहित्यकार, कलाकार, सघ संस्थाका प्रतिनिधि तथा आम नेपाली दाजुभाइ दिदिबहिनिहरुको उलेख्य सहभागिता भएको कार्यक्रम विकास बिस्टले बिसर्जन गर्नु भएको थियो ।