कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

मास्कोमा आदिकवि प्रति समर्पित कविता प्रतियोगिता र वनभोज

कृष्णप्रकाश श्रेष्ठ, मास्को । रुसमा आदिकवि भानुभक्त आचार्यको द्विशत वार्षिक समारोह मनाउने क्रममा विश्व नेपाली साहित्य महा संघ रुस शाखा तथा आदिकवि भानु भक्त आचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघको संयुक्त तत्वावधानमा मास्कोको रमणीय ओस्तान्किनो पार्कमा कविता प्रतियोगिता र बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । त्यसमा मास्को स्थित नेपाली राजदूतावास परिवारका साथै गैरआवासीय नेपाली सङ्घ एवं रुस सीआइएस नेपाल उद्योग वाणिज्य सङ्घ (संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो), नेपाली खेलकूदतथा संस्कृति समाज (खेमराज लामिछने), नेपाली नारी निकुञ्ज (डा. समता प्रसाद), नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालय (किरण रानाभाट) लगायत रुसमा बसोवास गरिरहेका नेपालीहरुका विभिन्न संघसंस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो । त्यहाँ रुसको रियाजाननगरका कवि–दम्पति अलेक्सेइ तथा ल्युदमिला साल्तिकोभाका साथै नेपालबाट पनि हरि रामदाम–दम्पतिको समुपस्थिति रहेको थियो ।

विश्व नेपाली साहित्य महासंघ रुसका सचिव डा. मनमूर्ति भुर्तेलले लय हालेर गाएको घाँसी कविताको प्रस्तुतिद्वारा आदिकविको द्विशताब्दीय जन्म जयन्ती प्रति समर्पित कार्यक्रमको औपचारिक खण्डको आरम्भ गर्दै रुसमा कार्यरत सबै संघ संस्थाका प्रमुखहरुलाई अध्यक्षमण्डलमा स्थान ग्रहण गर्न लगाउनुभयो र भानु भक्त आचार्य शतवार्षिक समारोह समिति रुस महासंघका अध्यक्षको सभापतित्वमा समारोह संचालन गर्न सर्वप्रथम आदिकविको शतवार्षिक समारोह समितिका संरक्षक महामहिम नेपाली राजदूत डा.रविमोहन सापकोटा कोपिलाज्यूको अगुवाईमा भानु भक्तको तस्बिरमा पुष्पाञ्जली अर्पण द्वारा समारोहको शुभारम्भ गरियो ।
0
महामहिम राजदूतज्यूले आप्mनो छोटो तर सारगर्भित मन्तव्यमा घाँसीको उदाहरणबाट भानुभक्त मालोक कल्याणका लागि केही गर्ने भावनास्पूmरण भई त्यतिखेर भाका भनिने नेपाली भाषामा रामायणको रचना गरिएको र त्यसले नेपालीहरूलाई एक सूत्रमा बाँध्नमा अमूल्य योगदान पुग्नगएको जनाउनुहुँदै रुसमा भानुभक्तलाई चिनाउनमा पछिल्लो समयमा निकै गहकिला कार्यहरु भएको स्मरण गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले भानुभक्तका कविताहरु साना बालबालिकादेखि ठूलाबडासम्म सबैेले पढ्ने गरेको र ती कविताहरुमा व्यक्तिएको भावनाले देशको विकासकालागि प्रेरणा प्राप्तहुने तथ्यको चर्चा गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का निवर्तमान अध्यक्ष जीवा लामिछानेले रुसमा महाकवि पुश्किन, बेलायतमा शेक्सपियर प्रभृतिले जस्तै नेपालमापनि साझा भाषा दिएर देशका १०० भन्दा बढी विभिन्न जनजाति र नृवंशात्मक समूहलाई एकबद्ध गर्नमा भानुभक्तका काव्य कृतिहरुबाट अतुलनीय टेवा पुग्नगएकोतर्पm औंल्याउँदै भानुभक्तको सालिक स्थापनामा भारत र नेपालमाबाहेक संसारको अन्यकुनै पनि देशभन्दा रुस नै पहिलो भएको सन्दर्भ मागर्वपूर्ण भावोद्गार व्यक्तगनुभयो ।

रुस–नेपाल मैत्रीतथा सहयोग समाजका उपाध्यक्ष डा मणि राज पोखरेल (भानु समारोह समितिका सदस्य–सचिव) ले मास्कोको एक रमणीय पार्कमा भानु भक्त आचार्यको द्विशताब्दीय जन्म जयन्ती यसरी मनाउने अवसर पाइनुमा ५८ वर्षअघि नेपालतथा रुस (पूर्व सेभियत सङ्घ) बिच दौत्य सम्बन्ध स्थापनाको ठुलो देन छ भन्नुहुँदै रुसमा आदिकविको २००–यौं जन्मजयन्तीको उपलक्ष्यमा रुसमाभानु–प्रतिमाको स्थापना, भानुप्रति समर्पित पुस्तक प्रकाशन लगायत विभिन्न कार्यक्रम सम्पन्न गरिएको स्मरण गर्र्दै भानु समारोह समितिले आप्mनो कार्य पूरा गरेको अभिव्यक्तिदिनुभएको थियो ।

विश्व नेपाली साहित्य महासंघ रुसका अध्यक्ष गोविन्द प्रसाद गौतम (भानु समारोह समितिकाउपाध्यक्ष) ले मास्कोमा यस यस साहित्यिक संस्थाले पहिले पनि सानै परिमाणमा भएपनिवर्षेनीभानुयजन्तीमनाउँदै आएको जानकारी दिंदैं यस साल रुसमाभव्यतापूर्वक सप्ताहव्यापीभानु समारोह मनाइएको र आजपनिप्रकृतिको मनोरम काखमा ठुलो उत्साह र उमंगका साथभानु द्विशताब्दीय जन्मजयन्ती मनाउन सैयौं साहित्यानुरागी नेपालीहरूको उपस्थिति रहेकोमा धन्यवाद सहित हर्ष प्रकट गर्नुभयो ।

भानु समारोहमाभागलिन नै मास्को आउनुभएकी रियाजाननगरकी कवयित्री ल्युदमिला साल्तिकोभाले यसं पंक्तिकार संगको सहयोगको फलस्वरुप लक्ष्मीप्रसाद देवकोटा र भानुभक्तका कविताहरुको श्लोकबद्ध अनुवादगर्ने सम्भावना पाइनु ठुलो सौध भाग्य भएको जनाउँदै अनुवादको क्रममा नेपाली जनताको उच्चबौद्धिक स्तरको अनुबोध हुनुका साथै अनुवादको माध्यमबाट हाम्रा दुवै देशका जनताहरु बीच सम्बन्ध गाढा हुने विश्वास व्यक्त गर्नुभयो र भर्खरै श्लोकबद्ध अनुवाद पूरा भएको भक्तमालाका शुरुका केहीश्लोकहरुको पाठ गरेर सुनाउनु भएको थियो । रुसी कवयित्रीको श्रमको कदर गर्दै समारोहको अध्यक्ष मण्डलका सदस्यहरुका साथै नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूबाट ल्युदमिला साल्तिकोभालाई नेपाली समुदायको तर्पmबाट खादा सहित सम्मान पत्र प्रदान गरिनुका साथै बुद्धको मूर्ति उपहार दिइएको थियो ।

सभापतिको आसनबाट यस पंक्तिकार दरवारा रुसमा नेपाली आदिकविको द्विशतवार्षिक समारोह भव्यतापूर्वक मनाउने क्रममाका लुगा अञ्चलस्थित नेपाली धरमा भानुभक्तको आवक्षप्रतिमाको अनावरण र भानु संग्रहालयके स्थापनाका साथै भानु समारोहप्रति समर्पित केही पुस्तकहरुको प्रकाशनगरिएको सन्दर्भमा अब रुसमा रहेका नेपालीहरूले भारत र नेपालपछि भानुभक्तको स्मारक स्थापनामा रुस विश्वमा पहिलो हो भनीगर्व गर्ने सम्भावना पाइएको अभिव्यक्ति दिइएको थियो । रुसमा नेपालीहरुबाट भानुभक्तआचार्यको हस्त निर्मित सालिकमात्रनभई भावनात्मक स्मारक पनि खडा गरिएको छ भन्नुपर्दछ अर्थात् यूरोपेली भाषामध्ये रुसी भाषामा नै लोक्को गरुँहित् भन्ने शीर्षकमा भानुभक्तका कविताहरुको संग्रहपनि सर्वप्रथमयहाँँ नै प्रकाशमा ल्याइएको छ । यसका साथै रुसी कविइगोर एलिसेएभले भानुभक्तप्रति समर्पित कवितासंग्रह स्वर्गद्वारीको पुल र डा. ऋषिकान्त मण्डलको सहयोगबाट मैथिललोकसाहित्यको नमूनागोनु झाका कथाकुथुंग्रीप्रकाशितभइसकेका छन् भने अरू पनि केही पुस्तकहरू प्रकाशनको क्रममाछ ।तसर्थ समारोह समितिको कार्य अधूरै छ र यस वर्षलाई भानुवर्ष घोषित गर्नु उचित हुन्छ होला ।

यस प्रकार समारोहको औपचारिक खण्ड सम्पन्न भएपछि कविता प्रतियोगिता सुरु भयो । कविताको मूल्यांकनकालागि डा. सुलोचना सापकोटा, डा. बद्री के.सी., डा. मणिराजपोखरेल, जीवा लामिछाने तथा कृष्णप्रकाश श्रेष्ठसहितको पाँच सदस्यीय निर्णायक समितिले रचयिताको नामगोप्य राखिएका लिखित कविताहरुको अध्ययन गरी स्तर निर्धारण गरुञ्जेल सम्म इच्छुक व्यक्तिहरू आशु कविता प्रतियोगिताका लागि निश्चित समयसीमा भित्र कविता रचनामा तल्ली नभएका थिए ।

निर्णायक समितिले कविताको भाषा, भाव र संन्देशलाई आधार मानीमूल्यांकन गरेर रचयिताको क्रमसंख्या घोषणा गरेपश्चात् लिखित कवितामा नाजकुमारी सिंहले सान्त्वना, इन्द्रप्रसाद भुसालले द्वितीय र डा. मधुकृष्ण श्रेष्ठ माधुर्यले प्रथम स्थान प्राप्त गर्नुभएको थाहापाइयो भने आशुकवितामाप्रथम स्थानमा महेशकुमार खड्का, द्वितीयमा इन्द्र प्रसाद भुसाल र तृतीयमा चाहिं कहिल्यै कविता नलेख्ने व्यक्ति अर्थात् डा. उपेन्द्र महतोको नाम आउँदा हाँसो व्याप्तभएको थियो । तत्पश्चात् रचयिताहरुद्वारा आआप्mना कवितापाठ गर्ने पालो आयो । हालतीनचार वर्षदेखि भारतको हाईस्कूलमा पढिरहेका पहिले मास्कोमा सञ्चालित नेपाली पाठशालाका मेरा शिष्याहरु आनुस्का लामिछाने, कृतिमहतो आदिको कवितापाठ सुन्दामलाई अपार आनन्दअनुभवभएको थियो ।

यस कविता प्रतियोगिता माप्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कविहरुलाई प्रमाणपत्र सहित पुरस्कार वितरण पश्चात् सभापतिको आसनबाट मैले आदिकविभानुभक्तआचार्यको द्विशताब्दीय जनजयन्तीको उपलक्ष्यमा मास्कोको रमणीय पार्कमा यस्तो काव्य मयवातावरण सृजनागर्ने साहित्यानुरागी नेपाली भाइबहिनीहरु र उज्ज्वल भविष्य बोकेका ससाना बालबालिकाहरुलाई पनिउत्तरोत्तर प्रगतिको कामनागर्दै भानु काव्य समारोह समापनको आधिकारिक घोषणा गरेँ । तत्पश्चात् ग्रीष्मकालीन मास्कोको हरियाली युक्तन्यानो र उज्यालो साँझमा फेरि खानपीन र अन्य मनोरञ्जनका कार्यक्रमहरु सम्पन्न गरिंएका थिए । यस्तो रमाइलो कार्यक्रमको आयोजकविश्व नेपाली साहित्यमहासंघ रुस शाखाका सदस्यहरुका साथै बनभोजको व्यवस्थापन समितिका संयोजक डिल्ली खरेल सुमन, सहसंयोजक सन्तोष के.सी. तथा सदस्यहरू डा. कुमार कार्की, मनोज अमात्य, गणेश रामदाम तथा यन्द्रप्रसाद भुसाललगायत रुसमा रहेका सम्पूर्ण साहित्यानुरागी नेपालीहरु प्रति आदिकवि भानु भक्त आचार्य द्विशत वार्षिक समारोह समिति रुस महासंघको अध्यक्षको नाताले हार्दिक धन्यवाद ज्ञापन गर्दछु...

रुसवासी नेपाली भाइ बहिनीहरुमा नेपाल रुस दौत्य सम्बन्ध स्थापनादिवसको हार्दिक शुभकामना ।