कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अमेरिकाको वाशिङटन डी.सी.मा भानु दुई शतवार्षिकी सम्पन्न

जुलाई ४, २०१४ का दिन अमेरिकाको वाशिङटन डी.सी. स्थित होटल शेराटनमा आदिकवि भानुभक्त आचार्यको दुईशतवार्षिकी कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रलयको आव्हानमा गठित समारोह समितिले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले भानुभक्तको बहुआयामिक पक्षमा प्रकाश पार्नु भएको थियो । भानु व्दिशतवार्षिकी समारोह समिति अमेरिकाका अध्यक्ष श्री गीता खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अमेरिका स्थित नेपाली राजदूतावासका काउन्सेलर श्री नारायणप्रसाद मैनाली प्रमुख अतिथि र विशेष अतिथिहरूमा डा. खगेन्द्रप्रसाद लुइटेल, श्री रमेश खकुरेल, श्री नयनराज पाण्डे तथा श्री होमनाथ सुवेदी हुनुहुन्थ्यो ।

पानसमा बत्ती बालेर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा कवि श्री सुदीपभद्र खनालले भानुभक्तीय रामायणको केही श्लोकहरु वाचन गर्दै कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भरखरै विश्वभरका नेपाली गजलकारहरुबाट संकलनगरि प्रकाशनमा ल्याएको अनेसास गजलगंगाको लोर्कापण गरिएको थियो ।
0
कार्यक्रममा साहित्यकारहरु श्री वसन्त श्रेष्ठ, डा खगेन्द्रप्रसाद लुइटेल, श्री रमेश खकुरेल, श्री होमनाथ सुवदी, श्री नयनराज पाण्डे, श्री कृष्ण धरावासी, श्री गोर्वधन पूजा तथा श्री नारायणप्रसाद मैनालीले भानुभक्तको साहित्यिक एवं भाषिक एकतामा रहेको योगदानको चर्चा गर्नु भएको थियो ।

उक्त कार्यक्रममा श्री राधा पौडेल, श्री गोविन्द गिरि प्रेरणा, रजनी श्रेष्ठ, श्री रविन्द्र श्रेष्ठ, श्री प्रकाश नेपाल, श्री ममता कर्माचार्य, श्री विष्णुमाया परियार श्री शान्ता घिमिरे, श्री निरा शर्मा, श्री मनु लोहारुङ राई, श्री पदमा लिंखा मगर, श्री नम्रता गुरागाई, श्री दिनेश राजभण्डारी, श्री रविन्द्रभक्त श्रेष्ठ, श्री रजनी श्रेष्ठ, श्री मणि बाङदेल, श्री कृष्णमुरारी ढुंगेल, डा. गोविन्दसिं रावत, श्री विनोद रोका, श्री राम खत्री, श्री गुणराज लुइटेल, श्री विकास विष्ट, श्री राजपाल सिंह, श्री दिपाराइ पुन, श्री अनु शाह, श्री लालगोपाल सुवेदी, श्री हरि काप्mले, श्री विजयध्वज थापाले कविता वाचन गर्नु भएको थियो ।

प्रमुख अतिथि श्री नारायण मैनालीले विदेशमा बसेर नेपाली भाषा साहित्यमा नेपालीहरूले गरेको योगदानको प्रशंसा गर्दै दोस्रो पुस्तामा नेपाल भाषासाहित्यलाई हस्तान्तरण सक्नु गर्नु पर्छ भन्नु भयो ।

अन्तमा सभाको सभापति श्री गीता खत्रीले आदिकवि भानुभक्त आचार्यको भाषिक देनको चर्चा गर्दै नेपाली भाषालाई अझ बलियो र सम्बृद्धशाली बनाउन हामी विदेशमै बसेर लागि परेका छौँ भन्दै कार्यक्रममा उपस्थित सबैलाई हार्दिक आभार प्रकट गर्दै सभाको विसर्जन गर्नु भएको थियो । उक्त कार्यक्रम युवा कवि श्री गोवर्धन पूजाले सञ्चालन गर्नू भएको थियो ।