कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

"आमा" गीति खण्डकाव्यको लोकार्पण

राष्ट्रकवि माधव घिमिरेकी कान्छी छोरी ज्योति पौडेले ‘आमा’ नामक गीति खण्डकाव्यको गत साता कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा एक भव्य कार्यक्रमबीच विमोचन गरेकी छिन् ।

कानून तथा संघीय मामिला मन्त्री नरहरी आचार्य, साहित्यकार मदनमणी दीक्षित, बासुदेव त्रिपाठी, घनश्याम कँडेल, डा गार्गी शर्मा, प्रभा भट्टराई, किरण रेग्मी, प्रा। सनतकुमार वस्ती, माया ठकुरीलगायतको उपस्थिति थियो । कार्यक्रम सुरु हुनभन्दा अगाडि नै सभाकक्ष गायक कलाकार, संगीतकार, साहित्यकार तथा साहित्य अनुरागीहरुको उल्लेख्य उपस्थित रहेको उक्त कार्यक्रमको राष्ट्रकवि माधव घिमिरेद्वारा रचना गरिएको मंगल गायन प्रा। सदनकुमार वस्तीले गाएर सुभारम्भ भएको थियो ।

त्यस्तै, डा. किरण रेग्मीले स्वागत मन्तव्यले उपस्थिति सबैलाई स्वागत गर्नुभएको थियो । प्रज्ञा भवनको हल वरिष्ठ कलाकारको जमघटले कुनै साहित्यिक सम्मेलन जस्तो देखिएको थियो। राष्ट्र कवि समारोहमा सहभागी मात्र होइन यसको तयारीका लागि पनि उत्तिकै उत्साहि भएर लागेका थिए। दिप प्रज्वलन गरी कव्यको विमोचन पश्चात मन्त्री आचार्यले मन्तव्य दिदै धेरै मानिसहरु साहित्यलाई अनुपात्दक चिज ठान्छन् तर भौतिक चिज उत्पादनको जुन उर्जा साहित्य पढेबाट नै मिल्दछ।

साथै हरेक मानिसलाई हरेक समयमा नयाँ सृजनाका लागि साहित्यको अध्ययन गर्नुपर्ने हुन्छ, त्यो काम साहित्यबाट नै गर्न सकिनेछ साथै जिवनमा साहित्य ले मात्र आँफुलाइ सुवाउन सकेको व्यक्त गर्दै ज्योति पौडेलको विमोचित खण्डकाव्यको खुलेर प्रशंशा गर्नुभएको थियो । अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी ज्योतिले यसअघि पनि थुप्रै गीत लेखेकि छन्। ुआमाु खन्डकाव्यलाई संगीत र स्वरवद्ध गरिएको डिभिडी पनि कार्यक्रममा सार्वजनिक गरियो। आमा गीति काव्यका संगितकार आलोक शर्माले काव्यमा स्वर दिने गायक गायिका हरू तथा वाध्यवादकहरूलाइ धन्यवाद दिदै गीति काव्यलाइ पढनमात्रै होइन अव मधुर गित संगितका साथ सुन्न पनि सकिने कुरा व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा राष्ट्रकवि माधव घिमिरेले उपस्थित सवैलाइ धन्यवाद व्यक्त गर्दै पहिले कान्छि छोरीको कविता पढ्दा एकान्तमा रोएको थिएँ, तर आज अर्की छोरी किरणले बोलेको सुन्दा फेरि आँखा रसाए, उनले भने छोरा छोरीका प्रगतीमा बाबु आमाको मन यसै गद गद हुन्छ, आज मलाई गर्वको अनुभूति भइरहेको वताउनु भएको थियो ।