२३ साउन, काठमाडौं । यस वर्षको बी.पी. कोइराला स्मृति साहित्य सम्मान वरिष्ठ कवि तथा गीतकार रत्न शम्शेर थापालाई दिइने भएको छ ।
बी.पी. कोइराला स्मृति ट्रष्टले लामो समयदेखि नेपाली साहित्य साधनामा सक्रिय रहेका थापालाई १ लाख १ हजार १ १ १ रुपैयाँ पुरस्कार राशी रहेको यो सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो ।
पुरस्कार भादौ २४ गते बी.पी.जन्म जयन्तीको विशेष समारोहमा प्रदान गरिनेछ । साथै उक्त अवसरमा नेपालको प्रजातान्त्रिक संघर्षमा निरन्तर लागिरहने अघिल्लो पुस्ताका एक जना राजनीतिक व्यक्तित्वलाई पनि सम्मान गरिने छ ।
बी.पी. कोइरालाको जन्म शताब्दीको अवसरमा, यस वर्ष बी.पी.को राजनीति र साहित्यका बारेमा विद्यावारिधि गर्ने विद्वान्हरुलाई पनि सम्मान गर्ने निर्णय गरिएको ट्रष्टले जनाएको छ ।
बी.पी. कोइराला स्मृति साहित्य सम्मान रत्नशम्शेर थापालाई
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि