कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

साहित्य सन्ध्या पुरस्कार श्रेष्ठलाई


Bhagirathi Shrestha

साहित्य सन्ध्या पुरस्कार आख्यानकार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ ।
श्रेष्ठलाई १० हजार र सम्मानपत्रसहित ‘साहित्य सन्ध्या पुरस्कार’ र आयुर्वेदका क्षेत्रमा काम गरी मानव सेवा गर्नुभएका डा लक्ष्मीकान्त मिश्रलाई


पाँचहजार र सम्मानपत्रसहित ‘साहित्य सन्ध्या मन पुरस्कार’ प्रदान गरिएको छ ।
आमा नभएकी काभ्रेकी कक्षा ४ मा पढ्ने बालिकालाई पढाइमा उत्प्रेरणा जगाउने उद्देश्यका साथ पाँच हजारसहित ‘साहित्य सन्ध्या मन बाल प्रतिभा

 पुरस्कार’ प्रदान गरिएको छ ।

साहित्य सन्ध्याका संस्थापक वरिष्ठ अधिवक्ता तथा सभासद् अग्नि खरेल, साहित्यकार नरनाथ लुइँटेल, सञ्चारकर्मी तीर्थ कोइराला, डा गोपाल चिन्तन र नेपाल सरकारका सहसचिव राम आचार्यलाई ‘साहित्य सन्ध्या

सम्मान’ प्रदान गरियो ।