कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

१४ बर्षपछि विमोचित

आइतबार राजधानीमा एक कार्यक्रमका बीच '१४ बर्ष पछि' काव्यकृति सार्वजनिक भएको छ । सो काव्यकृतिमा पाँच जना कवीहरुका जनही चौध चौध वटा कविताहरु संग्रहित गरिएका छन ।

पुस्तकको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकाली र समालोचक लक्ष्मण गौतमले संयुक्त रुपमा विमोचन गरे ।
विमोचन पछि बोल्दै समालोचक गौतमले २०५७ सालको राष्ट्रिय कविता प्रतियोगितामा पुरस्कृत कविहरु निरन्तर रुपमा कवितालेखनमा सक्रिय रहेको भन्दै कवि र कविता संग्रहको प्रशंसा गरे ।


संग्रहमा कविहरु निलम कार्की निहारिका, कृसु क्षेत्री, गोवर्धनपूजा, आर एम डंगोल र हरि पोखरेलका १४–१४ वटा कविताहरू समावेश छन् । कविता संग्रह शब्दहार क्रिएसन्सले बजारमा ल्याएको हो ।

  14 years