कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सरु पोखरेलको कथा संग्रह चिसो घामको विमोचन

काठमाडौ, श्रावण २४ - राजधानीको सर्वनाम थियटरमा शनिबार सरु पोखरेलको कथासंग्रह  चिसो घाम सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय नारी लेखन मंचले आयोजना गरेको सो लोकार्पण कार्यक्रममा बोल्दै समालोचक डा सावीत्री कक्षपतिले चिसो घामका कथाहरु मुलत नारी मनोविज्ञानमा आधारित रहेका र तिनले नेपाली समाजका महिलाहरुको दुख, पीडा, व्यथा र समस्याहरुको चित्रण गरेको बताइन् ।

चिसो घाम कथा संग्रहमा कुल १९ वटा विविध बिषयमा लेखिएका कथाहरु समेटिएका छन । यसअघि कथाकारको अर्को कथासंग्रह प्रकाशित भैसकेको छ । विमोचन कार्यक्रमपछि बोल्दै कथाकार पोखरेलले वास्तविक पात्रले घच्घच्याएर आफूले लेख्न थालेको बताइन । कथासंग्रहको प्रकाशन शब्दहार क्रियशनले गरेको हो ।


0