कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कोलोराडोमा कवि खकुरेलको सम्मान कार्यक्रम सम्पन्न


गत शनिबारका दिन छन्द कवि रमेश खकुरेलज्युको सम्मान तथा न्युयोर्कका कवि बिनोद रोक्काज्युको स्वागत कार्यक्रम आरभादा लाइेब्रेरी कोलोराडोमा भब्यताकासाथ सम्पन्न गरियो।

कोलोराडो प्रतिनीधि - यही अगष्ट २ तारिक शनिबारका दिन छन्द कवि रमेश खकुरेलज्युको सम्मान तथा न्युयोर्कका कवि बिनोद रोक्काज्युको स्वागत कार्यक्रम आरभादा लाइेब्रेरी कोलोराडोमा भब्यताकासाथ सम्पन्न गरियो । केशब आचार्यद्वारा संचालित उक्त कार्यक्रमको प्रथम चरणमा सभापती आचार्य प्रभा  तथा प्रमुख अतिथि रमेश खकुरेल,अतिथिहरु बिनोद रोक्का लगायत कोलोराडोबासी अन्य महानुभावहरु मुकुन्द अधिकारी,गोपालजी नेपाली,बोर्ड अफ ट्रष्टी बिजयराज शर्मा  लगायत केन्द्रिय अध्यक्षमा हालै चयन हुनुभएका पदम विश्वकर्माज्युलाई पनि आसन ग्रहण गरिएको थियो। कार्यक्रममा स्वागत भाषण सचिव दामोदर लुइँटेलले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा गायक बसन्त लम्सालज्युले राष्ट्र कवि माधव प्र. घिमिरेज्युद्वारा रचित राष्ट्रिय गीत गाउनु भएर कार्यक्रमको श्रीगणेश गर्नु भो भने अर्को नेपाली गीत गाएर गायीका उषा किरण अधिकारीज्युले कार्यक्रमलाई संगीतमय पनि बनाउनु भएको थियो , यसैगरी उक्त कार्यक्रममा अ.ने .सा.स. कोलोराडो च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले प्रमुख अतिथि कवि रमेश खकुरेल ज्युलाई खादा ओडाएर सम्मान गर्नु हुँदै सम्मानपत्रपनी प्रदान  गर्नु भएको थियो  । यस्तै सम्मान र स्वागतको क्रममा कवि बिनोद रोक्काज्यु र वहाँकी श्रीमती मेनुका रोक्काज्युलाई पनि खादा ओढाएर कोलोराडोबासिको तर्फबाट स्वागत तथा सम्मान गर्नु भयो ।

कार्यक्रममा छन्द कवि रमेश खकुरेलज्युको छोटो परिचय सहित वहाँका रचनाका बारेमा छन्द कवि देव भट्टराईले प्रकाश पार्नु भयो भने कवि रमेश खकुरेलज्युले छन्दको परिभाषा दिनुहुँदै आफ्ना केही छन्द कविताहरु सुनाउनु भएर श्रोताहरुलाई मुग्ध बनाउनु भएको थियो।यसै अन्तर्गत कवि बिनोद रोक्काज्युले पनि अ.ने.सा.स.कोलोराडो च्याप्टरलाई धन्यवाद दिनुहुँदै आफ्ना ब्यंज्ञात्मक छोटा तर चोटिला रचनाहरु बाचन गर्नु भएर कोलोराडोबासी श्रोताहरुको मन जित्न सफल हुनु भयो । सोही क्रममा गायक बसन्त लम्सालज्युले अर्को नेपाली गीत गाउँनु भएर श्रोताहरुलाई मग्न बनाउनु भएको थियो ।

कार्यक्रमकै सेरोफेरोमा अन्य अतिथिहरुलाईपनी खादा ओढाएर अध्यक्षज्युले स्वागत गर्नु भएकोथियो । कार्यक्रमको मध्यमा कविता बाचनको क्रममा कविता बाचन् गर्नुहुने कविहरुमा डा.बिजयराज शर्मा,देब भट्टराई,कुमारजंग कार्की,भुपेन्द्र महत,गोपालजी नेपाली,क्रिष्णमुरारी ढुङेल,हरी प्र.भुषाल,सम्झना आचार्य आदि हुनुहुन्थ्यो । कार्यक्रम समयमै संचालन भएर समयमै समापन भएको थियो । उक्त कार्यक्रममा लग्भग ३५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको अन्त्यमा सभापती आचार्य प्रभाले रमेश खकुरेलज्यु र बिनोद रोक्काज्यु लगायत सबै उपस्थित महानुभावहरुप्रती आभार ब्यक्त गर्नु हुँदै आफ्नो रचना बाचन गर्नु भएर कार्यक्रम समापन भएको जानकारी दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा देब भट्टराईज्युको सौजन्यमा मीठा खानाहरु तयार गरिदिनु भएर राजेन्द्र श्रेष्ठज्युले सबैलाई सन्तुष्ट बनाउनु भएको थियो ।

0

कार्यक्रममा प्राविधिक कुराहरुको सहयोग संस्थाका उपाध्यक्ष राजु सिटौलाले गर्नु भएको थियो भने साउण्ड् सिस्टम उपलब्ध गराउनु भएर गायक बसन्त लम्सालज्युले उक्त कार्यक्रम आयोजकलाई अनुग्रिहित बनाउनु भएको थियो । यसैगरी सधैं झैं तस्बिरहरु र भिडियो खिचीदिनु भएर बि.आर.टी. नेपालका शैलेस पोख्रेलज्युले संस्थालाई पूर्ण सहयोग गर्नुभएको थियो  ।

अ.ने.सा.स. कोलोराडो च्याप्टरले कोलोराडो बाहिरबाट पाल्नु हुने पाहुनाहरुलाई स्वागत र सम्मान गर्ने क्रमलाई अपर्झट बेहोर्नु परेतापनी कमिकम्जोरी अंगाल्दै भएपनी साहित्यकार र नेपाली साहित्यलाई माया गर्न पाउनु र अ.ने.सा.स.को साखलाई बचाउन साहित्यिक कार्यक्रमलाई निरन्तरता  दिन पाउनुमा गर्व गरेको बताएको छ ।