१९ साउन, काठमाडौं । भुटानी शरणार्थी एनबी गिरीद्वारा भुटानी शरणार्थी समस्यामाथि लेखिएको पुस्तक ‘जस्टिस टु जस्टिस : भुटान’ सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक भएको छ ।
कवि श्रवण मुकारुङले पुस्तक सार्वजनिक गर्दै पुस्तकले भुटानी शरणार्थीको विषयमा यथार्थरुपले प्रकाश पारेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ईश्वरी वाग्ले तथा त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयका अध्यापक यम चौलागाईंले उक्त पुस्तकमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा लेखक एनबी गिरीले शरणार्थीको कथा व्यथालाई पुस्तकमा उतारेको बताए । शरणार्थीको पहिचान र तिनले उठाएको प्रश्नमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन पुस्तक लेखेको उनको कथन थियो ।
‘जस्टिस टु जस्टिस भुटान’ सार्वजनिक
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि