कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वियोगी काँइलाको कविता संग्रह ‘नीलो सपना’ सार्वजनिक

यही शनिबार ललितपुरमा कवि वियोगी काँइलाको नविनतम काव्यकृति ‘नीलो सपना’ विमोचन गरिएको छ ।  अलग अभियानद्वारा आयोजित सो कार्यक्रममा कवि मनप्रसाद सुब्बाले 'नीलो सपना'को विमोचन गर्नुभएको हो  । कृतिमाथि साहित्यकार राजन मुकारुङ्ग तथा कवि स्वप्निल स्मृतिले पनि आ आफ्नो धाराणा राख्नु भएको थियो ।

कार्यक्रममा कवि मनप्रसाद सुब्बा, मन्जु मार्मिक,स्वप्निल स्मृति, उपेन्द्र सुब्बा, नमन अणु, विसद, अमोघ काफ्लेका लगायतले कविता सुनाएका थिए भने अन्य कलाकारहरुले नया गीत सुनाउनु भएको थियो ।

अलग अभियानले नियमित रुपमा साहित्यिक वाचन तथा सांगीतिक प्रस्तुतिको कार्यक्रम गर्दै आएको छ  ।