कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कविद्वय सुब्बा र सिलवाल एउटै मञ्चमा

दार्जिलिङका कवि मनप्रसाद सुब्बाले आज राजधानीको शिल्पी नाट्य समूहको गोठाले नाटकघरमा केही कविताहरु बचन गरेका छन् । उनलाई कवि केशव शिलवालले साथ दिएका थिए ।

शिल्पी थिएटरले मासिक रुमपमा आयोजना कार्यक्रम मुक्त अनुभुतिको तेस्रो श्रखलामा कवि सुब्बाले सिद्धार्थ उर्फ सिद्धे, खेतमाथि आक्रमण, केही भिडियो क्लिपिङ, विचरा आगो लगायतका एकदर्जन जति कविता सुनाएका थिए ।

यस्तै कवि सिल्वाले चेपाङहरुको अवस्था चित्रित गरिएको कविता ङा चेपाङ, मागपत्र, सुनको शौचालय, चिवेचरा लगायतका कविता सुनाएका थिए ।
दुईजना कविहरुलाई कवितामाथिको विमर्शमा सञ्चारकर्मी तथा मुक्त अनुभुतिका संयोजक रोहित खतिवडाले जोडेका थिए । विमर्शको क्रममा बोल्दै कवि सुब्बाले भारतमा नेपाली जातिलाई किनाराकृत गरिएका कारणले अबको कविता लेखन त्यसैमा केन्द्रित रहने बताए । सुब्बा सहित केही नेपालीभाषी कविहरुले दार्जिलिङमा सिमान्तकृत लेखन अभियान चलाइरहेका छन् ।

0
कवि शिलवालले पनि निम्नवर्गीय श्रमजीवी जनताको पक्षमा र उनीरुले बुझ्ने भाषामा कविता लेख्ने बताए ।
यही अवसरमा कवि सुब्बाको कवितासंग्रह भुइफुट्टा शब्दहरु पनि विमोचन गरियो ।
सांग्रीला बुक्सले बजारमा ल्याएको यो कविता समालोचक प्रा।डा। अभि सुवेदीले विमोचन गर्नुभयो ।
शिल्पी थिएटरले मुक्त अनुभुतिमार्फत प्रत्येक महिनाको दोस्रो शनीबार दुइ जना कविहरुको कविताबाचन र विमर्शको कार्यक्रम गर्दै आएको संयोजक खतिवडाले जानकारी दिए ।
यसपटक भने तेस्रो शनीबार यो कार्यक्रम गरिएपनि आउने महिनादेखि नियमित रुपमा दोस्रो शनिबार कार्यक्रम हुने उनले बताए ।