कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वीपी सेनानी सम्मान थपलियालाई

‘वीपी कोइराला स्मृति सेनानी सम्मान’ नुतन थपलियालाई प्रदान गरिने भएको छ ।

जननायक बिपी कोइरालाको जन्म शताब्दीका अवसरमा बिपी स्मृति ट्रष्टले बिपीको आदर्श, मूल्य-मान्यता र सिद्धान्तअनुरूप प्रजातन्त्रका लागि जीवनभर सक्रिय रहेका थपलियालाई सम्मान गर्न लागेको हो ।

त्यस्तै वीपी कोइरालाका साहित्यिक, राजनीतिक, आर्थिक एवम् सामाजिक पक्षमा शोध-अनुसन्धान गरी विभिन्न विधामा विद्यावारिधी उपाधि प्राप्त गर्ने ११ विद्घान विदूषीलाई समेत सम्मान गरिने भएको छ ।

वीपीकै स्मृति एवम् सम्मानमा स्थापित ‘बिपी कोइराला स्मृति साहित्य सम्मान’ यस वर्षका लागि साहित्यकार रत्नशमशेर थापालाई प्रदान गर्ने निर्णय भइसकेको छ ।