कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कोलोराडो साहित्य सँगम कार्यक्रम सम्पन्न

कोलोराडो/अ.ने.सा.स. कोलोराडो च्याप्टरको नियमित त्रैमासिक कार्यक्रम "कोलोराडो साहित्य सँगम " सेप्टेम्बर २० तारिक शनिवारका दिन डेन्भरको एक क्लब हाउसमा सफलताकोसाथ सम्पन्न गरियो । उक्त कार्यक्रमको आकर्षण न्युयोर्कको "सृजनाका यात्राहरू" र बोष्टनको "सृजना उत्सव"का केही कवि/कवयित्रीहरुको उपस्थिति र वहाँहरुका रोचक कविताहरू थिए । उक्त कार्यक्रमको सभापतित्व च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले ग्रहण गर्नु भएको थियो भने सबै अतिथिज्युहरु आ-आफ्नै यथास्थानमा रहनु भएको थियो । अतिथिहरुको न्यानो अभिवादन तथा स्वागत मन्तव्य च्याप्टरका माहासचिब कपिल सुबेदीले दिनु भएको थियो ।

कोलोराडो च्याप्टरको आतिथ्य ग्रहण गरेर आइेपुग्नु भएका श्रष्टाहरु कवि मणी बाङ्देल,कवयित्री मनु लोहोरुङ ,दीपा राइे पुन,ममता कर्माचार्य तथा साहित्यनुरागी राम राइे,किरात राइे ,सोसाइेटीका अध्यक्ष आकाश राइेज्युलाई स्वागत गर्नु हुँदै च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले खादा ओढाउनु भएको थियो। कोषाध्यक्ष तारा अधिकारीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा अतिथिहरु मणी बाङ्देल,मनु लोहोरुङ,दीपा राइे पुन:,ममता कर्माचार्यले आफ्ना कविताहरू वाचन गर्नु भएर सबैलाई मुग्ध बनाउनु भएकोथियो भने दोस्रो चरणमा कोलोराडोबासी कविहरु गोपालजी नेपाली,भुपेन्द्र महत,भोला शिवाकोटी,केशब आचार्य,भिष्म प्रधान,कुमारजङ कार्की,तारा अधिकारीले आ-आफ्ना रचनाहरू सुनाउनु भएको थियो ।

यसै क्रममा कोलोराडो च्याप्टरकी अध्यक्षले केन्द्रमा हालै चयन हुनुभएका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माज्युलाई पनि बधाईको साथमा शुभकामना दिनु हुँदै खादा ओढाएर स्वागत गर्नुभएको थियो भने आफ्नो पदावधिको "साहित्य सँगम" यो अन्तिम कार्यक्रम भएकोले आफ्नो निम्तो स्वीकार गरेर आउनु भएका चलचित्रकर्मी तथा स्रष्टा गोपालजी नेपालीज्यु लाई (खादा ओढाएर) र नव नायक नवराज श्रेष्ठलाईपनि विशेष धन्यवाद दिनुहुँदै स्वागत गर्नु भयो ।

कार्यक्रमकै सेरोफेरोमा केन्द्रीय अध्यक्ष पदम विश्वकर्माज्युले आफ्नो छोटो मन्तव्यमा कोलोराडो च्याप्टरले आफ्नो दुई वर्षे कार्यकालमा धेरै स्तरिय कार्यक्रमहरू सम्पन्न गर्दै सबै पदाधिकारीहरुले आफ्नो कर्तव्य र साहित्यिक कृयाकलापहरुलाई निरन्तर रूपमा अन्य च्याप्टरहरुभन्दा लागि परेर गरेको बताउनु हुँदै यस् कार्यसमितीलाई बधाई र धन्यवाद दिनुका साथै वहाँले आफ्नो रचनापनि वाचन गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष आचार्य प्रभाज्युले,शायद यही कार्यक्रम नै कोलोराडोको माटोमा आफ्नो कार्यकालको अन्तिम कार्यक्रम भएको र आफूले दुई वर्षको अवधिभरी के कति कामहरू गर्न सकियो त्यो त कोलोराडोबासीहरुले नै मनन गर्नु पर्ने र आफ्ना कार्यकालभरी भएका कमि कम्जोरीहरुप्रती क्षमा याचना माँग्दै अबदेखी अ.ने.सा.स.बाट बिदा लिने इेच्छा जाहेर गर्नु भयो । वहाँले बाहिरबाट आउनु भएका अतिथिहरु लगायत उपस्थित सबै महानुभावहरुलाई यो आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको निमन्त्रणा स्वीकार गरेर जो जति आइेदिनु भएको थियो वहाँहरुप्रती अनुगृहित बन्दै आभार व्यक्त गर्नु भयो भने साउण्ड सिस्टम र क्यामेरामा सहयोग गर्नु हुने राजेन्द्र सिग्देलज्युप्रती ऋणी बन्नु हुँदै भविष्यमा पनि वहाँको सहयोग यस् च्याप्टरले अवश्य पाउने नै छ भन्ने आशा राख्नु हुँदै कार्यक्रम समापन भएको जानकारी दिनु भयो । सोही अवसरमा कोलोराडो च्याप्टरको कार्यक्रमको प्रथम पटकको उपस्थितिमा नै किरात राइे सोसाइेटीका अध्यक्ष आकाश राइेले च्याप्टरलाई सहयोग स्वरूप $५०.०० (पचास डलर) प्रदान गर्नु भयो ।

0