कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसासमा तीन सदस्य मनोनयन, अन्तरदृष्टिमा सन्ध्या

२२ सेप्टेम्बर बोस्टन , अमेरिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रिक्त सदस्यहरूमा भगवती बस्नेत ( इजरायल ), भोला शिवाकोटी " पुरानाघरे " ( कोलोराडो), र कुसुम ज्ञवाली (क्यानाडा) लाई मनोनयन गरिएको छ । लामो समयदेखि नेपाली साहित्यको सेवामा समर्पित तीनैजना लोकप्रिय र क्रियाशील सर्जक हुनुहुन्छ । समाजका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा आज बसेको कार्य समितिको बैठकले २०१४-२०१६ कार्यकालका लागि उक्त निर्णय गरेको हो ।
यसैगरि वैठकले अनेसासको त्रैमासिक साहित्यिक प्रकाशन " अन्तरदृस्टी " को प्रधान सम्पादकमा साहित्यकार सन्ध्या पहाडीलाई मनोनयन गरिएको जानकारी समाजका महासचिव गोवर्धन पूजाद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । साहित्यकार पहाडीले नेपाल टेलिभिजनको साहित्यिक कार्यक्रम अभिव्यक्तिको निर्माण र प्रस्तुति गर्नुका साथै अनेसास नेपाल च्याप्टरको महासचिब , अन्तरदृष्टिको कार्यकारी सम्पादकको जिम्मेवारी पूरा गरिसक्नु भएको छ ।
वैठकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती भव्यताका साथ मनाउन सवै साहित्यकारहरु , संघ संगठन र अनेसासका च्याप्टरहरूलाई अनुरोध गर्ने र केन्द्रले यस पटकको लक्ष्मी जयन्ति बोष्टनमा मनाउने निर्णय पनि गरेको छ ।

INLS