कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

फकिर - सार्वजनिक

काठमाडौं, १८ भदौ
बच्चु बिकको उपन्यास सार्वजनिक भएको छ ।सुदुरपश्चिमका केही जिल्लामा रहेको एड्स रोगको समस्यालाई केन्द्र बनाएर लेखिएको उपन्यास बुधबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिमोचन भयो ।

उपन्यास विमोचनपछि बोल्दै आख्यानकार राजन मुकारुङले उपन्यास पठनीय रहेको धारणा राख्नुभयो ।
उपन्यासकार बुद्धिसागरले सुदुरपश्चिमको विषय उठाए पनि पात्रहरु काठमाडौंमै केन्द्रित रहेको बताउनुभयो ।
सरल भाषा र रोचक प्रस्तुतिले उपन्यास राम्रो बनेको उहाँको भनाइ छ ।

लेखक उज्जवल प्रसाईंले उपन्यासले नयाँ विषय उठाएको बताउनुभयो । पुस्तक बिएन प्रकाशनले बजारमा ल्याएको हो ।

fakir