कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसासले मनायो बोष्टनमा लक्ष्मीजयन्ती

बोष्टन /अमेरिका - अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको बोष्टनमा लक्ष्मीजयन्ती मनाएको छ। अनेसास बोष्टन च्याप्टरको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा प्रकाश पार्नुका साथै देवकोटाका रचना वाचन गरिएको थियो।

बरिष्ट साहित्यकार उत्तम नेपालीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसासका ट्रष्टी चेयर होमनाथ सुबेदी, पूर्व अध्यक्ष गीता खत्री, साहित्यकार शिवप्रकाश, महेश्वर पन्त, लालगोपाल सुबेदीलगायतले महाकवि देवकोटाका विविध आयाममा प्रकाश पार्नुका साथै सिर्जना बाचन गरेका थिए। बोष्टन च्याप्टरका अध्यक्ष हरि काफ्लेको संयोजनमा भएको उक्त कार्यक्रममा कल्पना सुबेदी, दिनेश राजभण्डारी, सुशील नेपाल, अग्नि पराजुली, अनु शाह, राधिका नेपाल, लक्ष्मी थपलिया, स्वयं पोख्रेल, अनुभव थपलियालगायतले कविता बाचन गरे।

अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ग्रेटर बोष्टन नेपाली समुदायका अध्यक्ष राम थापा, अनेसासका केन्द्रीय महासचिब गोवर्धन पूजालगायतले पनि मन्तव्य व्यक्त गरे।