कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

चिल उड्यो आकासमा’ को परिचर्चा

युवा साहित्यकार सुरज उपाध्यायको दोस्रो कृति ‘चिल उड्यो आकासमा’ बाल कवितासङ्ग्रहको परिचर्चा बालबालिका स्वयम्ले गरेका छन् । कास्कीको लेखनाथ नगरपालिकास्थित लेखनाथ मेमोरियल स्कुलमा व्रिmयाशील मेमोरियल रिडर्स क्लबले आफ्नो नियमित कार्यव्रmमको चौथो शृङ्खलामा शनिबार सो कृतिलाई चर्चाको विषय बनाएको हो । क्लबले पाक्षिक रुपमा विभिन्न साहित्यिक कृतिहरुको चर्चा गर्दै आएको छ ।

कार्यव्रmममा कृति पढेपछिका अनुभव सुनाउँदै क्लबका सदस्य विवेक लामाले कृतिले बालबालिकालाई असल बन्न थुप्रै प्रेरणा दिएको बताउनुभयो । कृतिले बालबालिकाका विभिन्न मनोवैज्ञानिक अवस्थाको चित्रण गरेको बताउँदै कृतिमा समेटिएका कविताहरु पढेर आफूले ज्ञान र मनोरञ्जन प्राप्त गरेको अनुभव सुनाउनुभयो ।

यस्तै, क्लबका सदस्यहरु अभिषेक आचार्य, नोजुमी कुमाल, अर्जुन गुरुङ र प्रमिसा रानाले कृतिले आफूलाई निकै प्रभाव पारेको बताउँदै आफूलाई मन परेका कविताहरु पनि वाचन गर्नुभएको थियो ।

यसैगरी, कार्यव्रmममा कृतिको विशेष परिचर्चा गर्दै विद्यालयका प्रिन्सिपल तथा युवा साहित्यकार सञ्जीव पौडेलले कृतिले पोखराको बाल साहित्यको प्रतिनिधित्व गर्दै समग्र नेपाली बाल साहित्यका क्षेत्रमा गौरव लाग्दो प्रभाव छोड्ने दाबी गर्नुभयो । बिम्ब र प्रतीकको बेजोड संयोजन गरिएका कविताहरुका भावअनुसारका चित्रहरुको संयोजनले पनि कृतिलाई उत्कृष्ट बनाएको बताउँदै पौडेलले बाल शोषणका विरुद्ध सचेत बनाउन समेत यसले सहयोग गर्ने बताउनुभयो ।

कार्यव्रmमका प्रमुख अतिथि साहित्यकार प्रकट पगेनी ‘शिव’ले सुरजको कृतिले राष्ट्रिय तहमा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । सुरज उपाध्यायको निरन्तर लगनको प्रतिफल नै ‘चिल उड्यो आकासमा’ कृति भएको बताउँदै उहाँले बालबालिकामा सकारात्मक परिवर्तनका लागि कविताहरुले बलियो प्रभाव पार्न सफल हुनेमा जोड दिनुभयो ।


वि. सं. २०६० मा ‘तिम्रो मन फर्किएन’ नामक गजलसङ्ग्रह प्रकाशन गरिसक्नुभएका कवि उपाध्यायले आफ्नो बाल कविता लेखनको पृष्ठभूमि सम्झँदै विद्यार्थी कालमा नै कविता लेखे पनि कृतिमा भने वि. सं. २०६५ पछि लेखिएका कविताहरु मात्र समेटेको बताउनुभयो । साहित्य यात्रामा अघि बढ्न सहयात्रीहरु बिच आत्मीयताको आवश्यकता पर्ने बताउँदै उपाध्यायले विचार र अनुभूति मिलेको साहित्य उत्कृष्ट हुने राय प्रकट गर्नुभयो ।
प्रमिसा रानाको अध्यक्षतामा भएको कार्यव्रmममा कृतिको प्रकाशक सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक अल्पज्ञानी र गजलकार सुरज गुरुङले पनि सुरजको कृतिले बाल साहित्यका क्षेत्रमा उत्कृष्ट प्रभाव पार्ने बताउँदै शुभकामना दिनुभएको थियो ।