कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अनेसास न्यूयोर्क च्याप्टरको लक्ष्मी जयन्ती तथा दीपावली साँझ सम्पन्न

 
अ ने सा स न्यूयोर्क च्याप्टरको आयोजनामा १०५ औ लक्ष्मी जयन्ती तथा दीपावली साँझ स्थानिय चौतारी रेस्टुरेन्टमा संम्पन्न भएको छ।

अक्टोबर १९, २०१४ का दिन  अ ने सा स न्यूयोर्क च्याप्टरको आयोजनामा १०५ औ लक्ष्मी  जयन्ती तथा दीपावली साँझ स्थानिय चौतारी रेस्टुरेन्टमा संम्पन्न भएको छ। नेपाल मिसन बाट पाल्नु भयका द्रितिय सचिब शत्रुधन पोखरेल ज्यु को प्रमुख आतिथ्य तथा अ ने सा स का केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, ट्रस्टी का अध्यक्ष होमनाथ सुबेदी, देवकोटा अनुसंन्धान केन्द्र का अध्यक्ष तथा लक्ष्मी प्रसाद देवकोटा का सुपुत्र पदम प्रसाद देवकोटा, भानु दुइ सतबार्सिकी मूल समारोह समिती अमेरिका अध्यक्ष तथा अ ने सा स का पुर्ब अध्यक्ष गिता खत्री बिशेस अतिथी हुनु हुनथ्यो । अ ने सा स का केन्द्रिय सल्लाहकार कमला प्रसाइ, उपाध्यक्ष राम खत्री, महासचिब गोबर्धन पूजा, कोसाध्यक्ष गिता पंन्थ अतीथी हुनु हुनथ्यो।


महाकबी को तस्बिरमा माल्यार्पण गरी सुरु भयको उक्त कार्यक्रममा पन्चकन्या बाट अभिनय सहित राष्ट्रिय गाना गाइयको थियो, च्याप्टरका उपाध्यक्ष राजेन्द्र श्रेस्ठ ले उपस्थित सबै लाई  स्वागत गर्नु भयको थियो । सहदेव पौडेलको निर्देशन तथा लेखनमा तयार पारियको नाटक "म पनी नेपाली बोल्ने" मा नदिया लिबाङ,क्रीस्टल , स्रेणी, मलिभा बिभुसा ले अभिनय गर्नु भयको थियो । तिलक श्रेस्ठ ले मिठो स्वरमा गाउनु भयको "कुन मन्दिर मा जान्छौ यात्री गीतले देवकोटा संम्झायको थियो । लोक गायक बिमल डाँगीको लोक गीत अनी गायक हरु सोम आधिकारी, शकुन्तला ज्ञवाली,शान्ता घिमिरे, पद्मी देवी खत्री का सुरिला स्वरहरु का गीत हरु ले सङितिक माहोलको सिर्जना गरेको थियो । देव्कोटा को ब्यक्तिव को बारेमा पदम प्रसाद देवकोटा, कमला प्रसाइ,होम नाथ सुबेदी , गिता खत्री र पदम बिश्वकर्मा हुनु हुनथ्यो  भने च्याप्टरका  पुर्ब अध्यक्ष ज्योती पौडेल ले आफ्नो गिती खन्ड काब्य आमा को  चर्चा गर्दै उक्त पुस्तक बिक्री रकम सम्पुर्ण  न्यूयोर्क च्याप्टर लाई उपलब्ध गराउने घोसणा गर्नु भयो । सहित्यकार उत्तम भौकाजीको "मन मोहिनी " गिती एल्बम को बिमोचन समेत उक्त कार्यक्रममा भयो।

बयस्क तथा बाल बालिका हरुको कबिता प्रतियोगितामा गोबर्धन पूजा, मणि बाङ्देल र ज्योती पौडेल रहेको ३ सद्स्यीय समिती ले बयस्क तर्फ क्रमस सकुन्तला ज्ञवाली ,सुजता चापागाइ , शान्ता घिमिरे , अरुण अनुरागी प्रथम , दोस्रो ,तेस्रो र सान्त्वना र बालक तर्फ रिसिभा वस्ती प्रथम र  प्रज्वल पान्डे दोस्रो भयको घोसणा गरी नाटक अभिनय का कलाकार लाई प्रमाण पत्र र कबिता प्रतियोगिता मा  बिजेता हरु लाई नगद तथा प्रमाण पत्र प्रदान गरियको थियो । बिजेता हरु लाई राजेन्द्र श्रेस्ठ , ज्योती पौडेल , बिस्व शाह अाङ छीरिङ शेर्पा लगायत बिभिन्न महानुभाब ले अार्थिक सहयोग गर्नु भयको थियो।

     
 कार्यक्रमको मध्यतिर अमेरिकामा आदिकवि भानुभक्त आचार्यको दुइशतवार्षिकी समारोहको आयोजना गर्ने कार्यमा संलग्न नेपाली साहित्यकारहरु तथा नेपाली भाषासाहित्यको विकास र विस्तार कार्यमा संलग्न नौ जना नेपालीहरू नेपाल सरकारबाट प्रदान गरिएको भानुभक्त स्वर्ण पदक वितरण गरिएको थियो । नेपाल सरकारले स्वदेश तथा विदेशमा नेपाली भाषा साहित्यका पहिचानका प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुइशतवार्षिकी मनाउन अमेरिकाका लागि श्रीमती गीता खत्रीलाई मूल समारोह समितिको सदस्यमा मनोनयन गरेको थियो । संयुक्त राज्य अमेरिकामा गीता खत्रीकै अध्यक्षमा निम्न व्यक्तिहरू संलग्न आदिकवि भानुभक्त आचार्य दुइशतवार्षिकी समारोह समितिको गठन भएको थियो उपाध्यक्षमा होमनाथ सुवेदी तथा निलम कार्की, कोषाध्यक्षमा विकास विष्ट, सदस्यसचिवमा गोर्वधन पूजा, सदस्यहरूमा कुन्ति थापा, पदम विश्वकर्मा, प्रदीप थापा मगर, गीता पन्थी, प्रकाश नेपाल, डा.विध्याराज सुवेदी, महेश्वर पन्त, दीपा राई पुन, विमला निरौला हुनुहुन्थ्यो।


स्वर्ण पदक प्राप्त गर्नु हुनेमा गीता खत्री, होमनाथ सुवेदी, विकास विष्ट, गोवर्धन पूजा, कुन्ति थापा, प्रदीप थापा मगर दीपा राई पुन, रमा सिंह र राम खत्री हुनुहुन्थ्यो । भानुभक्त स्वर्ण पदक गीता खत्रीबाट र सो सम्बन्धी प्रशस्तिपत्र पत्र स्थायी नियोगका  सचिव श्री शत्रुघन पोखरेलबाट प्रदान गरिएको थियो । अप्रतियोगी कबिता बाचन गर्नु हुने मा पुनडरी अर्याल,नबराज दाहाल,बिजया सिम्खडा,कल्पना सुबेदी ,दीपा पुन ,ममता कर्माचार्य, मणी बाङदेल,प्रभा अाचार्य,उत्तम भौकाजी,कल्याण गौतम ,ज्योती पौडेल ,प्रकाश चपागाइ,कुन्ती थापा ,नबराज खड्का , अनु शाह, मिलन शाही,भोला अाचार्य हुनु हुनथ्यो उपस्थित सबै लाई दीपावली को टिका लगाइयको थियो । अन्तमा अध्यक्ष बिस्ट ले देवकोटा अनुसंन्धान केन्द्र लाई ३०० डलर को चेक च्याप्टरको तर्फ बाट हस्तान्तरण गर्नु हुदै कार्यक्रम को अन्त्य गर्नु भयो । कार्यक्रम को सन्चालन बंन्दना कोइराला , सुनिता शर्मा र शकुन ज्ञवाली ले गर्नु भयको थियो । उलेख्य मात्रामा बिभिन्न सङ्घ सस्थाका प्रतिनिधी , साहित्य्कार , पत्रकार ,कलाकार , बाल बालिका तथा आम प्रबासी नेपाली दाजु भाइ दिदी बहिनी हरुको उपस्तिथी थियो।