कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ सम्मान

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ सम्मान प्रदान गरेको छ ।

‘वनिता’ साहित्यिक त्रैमासिकले शनिबार जोशीसहित कथाकार माया ठकुरीलाई देवकुमारी कथा विशिष्ट सम्मान र कवि विवश पोखरेललाई रिमाल काव्य वनिताश्री सम्मान प्रदान गरेको छ ।
यस्तै समालोचक प्रा डा टङ्कप्रसाद न्यौपानेलाई २०६९ सालको र डा सुधा त्रिपाठीलाई २०७० सालको डा नरेन्द्र चापागाईं स्मृति वनिता सम्मान, सीतारवादक विद्या मुकारुङलाई वनिताश्री सङ्गीत सम्मान, प्रा डा उषा ठाकुरलाई मातृभाषा वनिताश्री सम्मान र पहिरन प्रवर्त्तक ज्ञानीशोभा तुलाधरलाई वनिताश्री जगमाया प्रसाईं विशेष सम्मानद्वारा सम्मानित गरिएको छ ।

यस्तै रञ्जुश्री पराजुलीलाई १० हजारसहितको देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार, कवि उषा शेरचनलाई २०६९ साल र नवराज सुब्बालाई २०७० सालको व्यथित काव्य वनिता पुरस्कार, गीतकार उन्नति बोहरा शिलालाई वनिता साहित्य वसुश्री मधु पुरस्कार, बालप्रतिभा प्रतिस्ना केसीलाई २०६९ साल र दर्शना महर्जनलाई २०७० सालको जलेश्वरी बालप्रतिभा पुरस्कार प्रदान गरिएको छ ।