कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

काब्यात्मक विजया दशमी शुभकामना आदान प्रदान

अन्तरराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले आइतबार, सेप्टेम्बर २८, २०१४ का दिन काब्यात्मक विजया दशमी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

रिजवुड सोसाइटीको सहयोगमा यो कार्यक्रम नेपालीहरूको बाक्लो बस्ती भएको न्युयोर्कको रिजउ मा विविध साहित्यिक कार्यक्रम सहित संम्पन्न भएको थियो । मङगल धुनबाट सुरु गरियको उक्त कार्यक्रममा उपस्थित सर्जकहरू तथा अन्य महानुभाबहरूले आआफ्ना रचनाहरू सुनाउनुको साथै यो विजया दशमीले हामी सम्पूर्ण नेपालीहरू बिच एकता, मित्रता तथा पारस्परिक सदभाब कायम गरोस भन्दै शुभ कामना आदान प्रदान गर्नु भएको थियो । शुभकामना सहित आ आफ्ना रचना र मन्तव्य सुनाउनु हुने सर्जकहरुमा गीता पन्थ, कमला प्रसाइ,ज्योति पौडेल ,शान्ता घिमिरे ,गिता खत्री ,पुस्पा अधिकारी गौतम,विजया सिम्खडा ,राम खत्री ,बद्री पौडेल ,सकुन्तला ज्ञवाली , अरुण अनुरागी ,बंन्दना कोइराला ,विकास बिस्ट ,सुनिता शर्मा,कुन्ती थापा ,यशोदा रानाभाट,सोम अधिकारी, नबराज खड्का ,मोहन ज्ञवाली,सबी अधिकारी,जीव लाल भुसाल आदि हुनुहुन्थ्यो ।

स्वदेशको दशैको झझल्को मेटनको लागि आयोजना गरियको उक्त कार्यक्रममा गीता खत्रीको सौजन्यतामा सेल रोटी , शकुन्तला ज्ञवाली को हलुवा, सुशिला बिस्टको अचार र अनेसास न्यूयोर्कले चियाको व्यवस्था गरिएकोले कार्यक्रम अति सौहार्दपूर्ण र काब्यात्मक पारिवारिक वातावरणमा संम्पन  भएको थियो / उक्त कार्यक्रममा बद्री पौडेल, शान्ता घिमिरे र शकुन्तलाको दोहोरी गीत तथा सोम अधिकारी र विकास बिस्टको लोकगीत अनि विजया सिम्खडा को मिठो स्वर सहितको नव दुर्गा भजनले कार्यक्रम रन्किएको थियो । गीता खत्रीको रिलिज हुनै आटेको दसैँ गीत तथा ज्योति पौडेलको आमा गीतले साहित्यक माहोल गुन्जिएको थियो । कार्यक्रम  करिब दुई घण्टा जति चलेको थियो।

0 1