कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अमेरिकामा नेपाली चेलीको एकल चित्रकला प्रदर्शन

विजय थापा । अमेरिकाको मिसिगन राज्यमा एक दशक भन्दा ज्यादा समय देखि बसोबास गर्दै आएकी नेपाली मूलकी चाँदनी सुवालले गत आश्विन २४ गते मिसिगनको वाटर फोर्डमा एकल चित्रकला प्रदर्शनी गरेकी छिन् l

काठमाडौँ जन्म भएकी सुवालले आफ्नो जीवनकाल भर चित्रकलाको माध्यमबाट स्वयम् लाई अभिव्यक्त गर्ने गरेकी छिन् l प्रदर्शनीमा नेपाल झल्कने र नेपाललाई चिनाउने प्रकारका उनले कोरेका चित्रकलाहरु प्रदर्शनी गरिएका थिए l नेपाली तथा विदेशीहरूले अबलोकन गर्नुको साथै पनि नेपाल बारे सोधपुछ गरेको र केही विदेशीहरूले खरिद पनि गरेको बताईन l

उनले अमेरिकाको विभिन्न राज्यहरूमा एकल चित्रकला प्रदर्शनी गरी सकेकी छिन् भने आउदो शरद ऋतुमा पुन क्लार्क्सनमा प्रदर्शनी गर्ने भएकी छिन्

उनी अमेरिकाको मध्ये पूर्वमा निक्कै चर्चित हुन् थालेकी छिन् l काठमाडौँ हुदा देखि नै आफू त्यो पेसामा संलग्न रहेको भएता पनि अमेरिकामा उचित समय व्यवस्थापन गर्न नसकेको कारण धेरै वर्ष यसरि आफ्नो कलालाई स्थगित गर्नु परेको बताएकि छिन् l

0

1



सुवाल नेपालमा हुदा देखि नै उत्सव समयमा सुवाल गृह पूर्ण चित्रकला प्रदर्शनीले सजि सजाउ हुने गरेको जानकारी गराईन l कला र प्रतिभा मर्न नदिन नेपाल र नेपालीको पहिचानको लागि आफू भित्र लुकेको प्रतिभालाई पस्कने बताउदै यसलाई निरन्तरता दिने जानकारी गराईन l

उनले मिसिगन ,सिकागोमा एकल प्रदर्शनी गरी सकेकी छिन् भने भविष्यमा बोस्टन र उथाह राज्यहरूमा पनि प्रदर्शनी गर्ने सोच बनाई रहेको जानकारी गराएकी छिन् ।

0