कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

महाकवि देवकोटाको सम्झनामा लस एन्जलसमा कवि गोष्ठी

पुरुषोत्तम ढकाल, लस एन्जलस । अन्तराष्ट्रिय साहित्य समाज लस एन्जलस च्याप्टरको आयोजनामा महाकवि लक्ष्मीप्रशाद देवकोटाको १०६ औं जन्म जयन्ति कबि गोष्ठी आयोजना गरी मनाइएको छ ।

स्थानिय आर्टेशिया पार्कमा आयोजित महाकवि लक्ष्मीप्रशाद देवकोटाको १०६ औं जन्म जयन्ति तथा कवि गोष्ठीमा दक्षिण क्यालिफोर्नियामा बस्ने नेपाली मूलका साहित्य अनुरागीहरु राम लामा, डन बहादुर कार्की, झमक निरौला, चुडा वशन्त लम्साल, विमल ज्ञावली, पुरुषोतम ढकाल, ललित श्रेष्ठ, गंगा बस्नेत, प्रेम गुरागाईं, सुशिला पाण्डे, सोभित भेटवाल लगायतका साहित्यअनुरागीहरुले कविता वाचन गरेका थिए ।

नेपालका तर्फबाट सानडियागो, क्यालिफोर्नियाका अवैतनिक वाणिज्य दुत ऋषि ढकालको प्रमुख आतिथ्यता र अन्तराष्ट्रिय साहित्य समाज लस एन्जलस च्याप्टरका अध्यक्ष  शान्तिराम ढकालको सभापतित्वमा सम्पन्न कवि गोष्ठीमा विश्व प्रसिद्ध सात उच्च हिमाल आरोहणमा निस्किएकी नेपाली महिला सुष्मिता मास्के, गैर आवशीय नेपाली संघ अमेरिकाका सहसचिव दिल श्रेष्ठ, महिला संयोजक उमा थापा कार्की, सदश्य बलराम थापा, गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदश्य राजेन्द्र सिवाकोटी, स्थानिय अगुवा समाजसेवी प्रेम गुरागाईंले महाकवि देवकोटा बारे प्रकाश पारेका थिए ।

कविता वाचन गर्ने साहित्य अनुरागीहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिए पछि सहभोजको समेत आयोजना गरिएको थियो । कवि गोष्ठी समाजका महासचिव तिलक थापाले संचालन गरेका थिए ।