कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको कथाकृति विश्वासको लोकार्पण



२०७१ कार्तिक २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको कथाकृति विश्वासको लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो |

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, विशेष अतिथि साहित्यकारहरु डा. वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, जयराज आचार्य, बसन्तकुमार शर्मा, ऋषिकेश उपाध्याय, गीता केशरी, माया ठकुरी, डा. खगेन्द्र लुइटेललगायतले सो कृतिको लोकार्पण गर्नु भयो |

  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको सो बिमोचन कार्यक्रमा विमोचित कृतिका स्रष्टा राजेश्वर देवकोटालाई सम्मान पनि गरिएको थियो |

कार्यक्रमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ट साहित्यकारहरु  डा. वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, जयराज आचार्य, ऋषिकेश उपाध्याय, डा. खगेन्द्र लुइटेल, अनिल योगी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, महासचिव सन्ध्या पहाडी, बाबा बस्नेतलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो | विमोचित कृति सेन्चुरी प्रिन्टिंग एण्ड पब्लिसिंग नेपालले प्रकाशन गरेको हो ।

1 2