कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वरिष्ठ गजलकार डा. कृष्णजंग राणाका दुई गजल संग्रहहरुको विमोचन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले २०७१ कार्तिक २९ गते वरिष्ठ गजलकार डा. कृष्णजंग राणाका दुई गजल संग्रहहरु 'मञ्जिल की खोज' र 'जिन्दगी, प्यार और खुशियाँ' को विमोचन कार्यक्रमको आयोजना गर्‍यो | ललितपुरमा आयोजित एक समारोहका बिच वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीले सो कृतिहरुको विमोचन गर्नुभएको थियो |

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार चेतन कार्की, डा. सनत कुमार बस्ती, डा. कृष्णजंग राणा, साहित्यकारहरु राधेश्याम लेकाली, बाबा बस्नेत, रेणु थापा सोलुलगायतले पुस्तकबारे मन्तव्य व्यक्त गर्नु भएको थियो | सो बिमोचन कार्यक्रमा विमोचित कृतिका स्रष्टा वरिष्ट साहित्यकार डा. कृष्ण जङ्ग राणालाई सम्मान पनि गरिएको थियो |

0