कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

काठमाडौंमा ‘होङकोङ’ सार्वजनिक

काठमाडौं, १ मंसिर
हंगकंगमा रहेका कवि हाङयुग अज्ञातको कविता संग्रह‘होङकोङ’ सार्वजनिक भएको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा यो संग्रह विमोचन भएको हो ।

प्रा.डा. अभि सुवेदी, लेखक खगेन्द्र संग्रौला, कवि आहुती र आख्यानकार राजन मुकारुङले संयुक्त रुपमा यो पुस्तक विमोचन गरेका हुन् ।
हंगकंगको बगैंचा प्रकाशनले प्रकाशन गरेको पुस्तकको वितरण राजधानीको फिनिक्स बुक्सले सम्हाल्ने छ ।
लामो समयदेखि हंगकंगमा बसोबास गरिरहेका अज्ञातको यसअघि ‘करंगको हिरासत’ प्रकाशित भइसकेको छ ।

संग्रहलाई चाउचाउ कविताहरुको संग्रह भएको बताउने उनले टापु साहित्यको अर्थमा चिनिया शब्द ‘चाउचाउ’को प्रयोग गरेको बताउने गरेका छन् ।
नेपालमा रहँदा अज्ञात, मुकारुङ र कवि उपेन्द्र सुब्बाले सिर्जनशील अराजकताको आन्दोलन शुरु गरेका थिए ।
प्रकाशित संग्रहमा तीस वटा कविता रहेका छन् ।