देवेन्द्र पौडेल /नेपाली भाषा साहित्यको मुक्तक विधालाई प्रवर्धन विकास र बिस्तार गर्ने अभिप्रायले स्थापना भएको नेपाल मुक्तक प्रतिस्ठानले आफ्नो कार्यलाई नेपालमा मात्रै सीमित नराखी विश्व भरी छरिएर रहेका नेपाली समुदायमा पुर्याउन विभिन्न देशहरूमा आफ्ना शाखा बिस्तार गरेको छ । विगत ६ महिना पहिला स्थापना भएको नेपाल मुक्तक प्रतीस्ठान इजरायल शाखाले आफ्नो प्रथम साधारण सभा सम्पन्न गरेको छ ।तदर्थ समितिकि अध्यक्ष सुचित्रा खनियाकै नेतृत्वमा नयाँ ११ सदसिय कार्य समिति गठन गरिएको छ भने कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागी नेपाली राजदूत प्रलाद कुमार प्रसाइ हुनुहुन्थ्यो । तेलअभिबमा गत शनिवार सम्म्पन्न उक्त साधारण सभा कार्यक्रममा नेपाल मुक्तक प्रतिस्ठान इजरायल शाखाले इजरायलमा रहेर मुक्तक विधामा कलम चलाउने २७ जना मुक्तककारहरू को संयुक्त मुक्तक सङ्ग्रह मुक्त आकाश पनि बिमोचन गरेको छ ।
कार्य समितिको कार्य सफलताको कामना गर्दै राजदूत प्रसाइले बिमोचन गर्नु भएको सो पुस्तकका बारेमा अन्लाईन समीक्षा नेपाल मुक्तक पर्तिस्ठानका महासचिव रमेस पौडेलले गर्नु भएको थियो ५० जना भन्दा बढी मुक्तककारहरूको उपस्थिति रहेको उक्त कार्यक्रम शाखाका सचिव श्रीराम अधिकारीले इजरायलको स्थानीय समय दिउसो १२ बजे देखी ३ बजे सम्मा सञ्चालन गरेको शाखाकि सदस्य साबित्र लुइटेलले जानकारी दिनु भएको छ । सम्पूर्ण मुक्तककारहरू लाई शुभ कामना तथा नव गठित कार्य समितिलाई बधाई अनि कार्य सफलताको कामना ।
इजरायलमा मुक्त आकाशको लोकार्पण
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि