कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

महफिल कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले २०७१ कार्तिक २८ गते आयोजना गरेको महफिल कार्यक्रममा नेपाली, संस्कृत, हिन्दी र उर्दूका गजलहरु वाचन गरियो | वरिष्ठ साहित्यकार डा. कृष्ण जङ्ग राणाले उदघाटन गरेको सो कार्यक्रम मासिक रूपमा आयोजना गरिने छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा. कृष्ण जङ्ग राणा, डा. सनत कुमार बस्ती, इम्तियाज वफा, काशिनाथ न्यौपाने, मनोज न्यौपाने, शीतल कादम्बिनी निशा के. सी. ,द्रोण पराजुली, अविरल ओझेल, भगवती रोका भूमिका, अब्दुल मोविन खान, नवराज पराजुली, श्यामबहादुर भाबुकलगायतले महफिलमा गजल गीत वाचन गर्नु भएको थियो |