कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

विरहीलाई अमेरिकामा सम्मान

टेक्सास, अमेरिका, १२ मंसिर । वरिष्ठ पत्रकार हरिहर विरही अमेरिकाको टेक्सासमा सम्मानित भएका छन् । नेपाली जनसम्पर्क समिति वेष्ट च्याप्टर टेक्सासका अध्यक्ष एवं नव निर्वाचित केन्द्रीय सदस्य हरिवोल भण्डारीले विरहीलाई सम्मान गरेका हुन् ।

वरिष्ठ पत्रकार विरही अधिवेशनमा सहभागी हुन अतिथिका रुपमा टेक्सास पुगेका हुन् । उनलाई च्याप्टरका अध्यक्ष भण्डारीले एक समारोहबीच सम्मान गरे ।असाधारण रूपमा आयोजना गरिएको सम्मान समारोहमा देशान्तर साप्ताहिकका प्रधान–सम्पादक कवीर राणा र कांग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधरसमेतको उपस्थिति रहेको थियो ।

कार्यक्रमबारे प्रकाश पार्दै आयोजक भण्डारीले ४ दशक लामो समयदेखि नेपाली पत्रकारिता र झण्डै ५ दशकदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा वरिष्ठ पत्रकार विरहीले निभएको भूमिकादेखि प्रभावित भएर उनलाई सम्मान गर्ने इच्छा पूरा भएको बताए ।

उनले असाधारण व्यक्तिलाई असाधारण रुपमा सम्मान गर्नुपरेको समेत उल्लेख गरे ।कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ पत्रकार विरहीले आश्चर्यजन रुपमा आयोजना गरिएको सम्मान कार्यक्रमप्रति टेक्सास वेष्ट च्याप्टरलाई आभार प्रकट गरेको जनाए ।

उनले आफूले नेपाली पत्रकारिता र प्रजातान्त्रिक आन्दोलन गर्दाको अनुभव पनि सुनाएका थिए । कार्यक्रममा नेपाली जनसम्पर्क समिति वेष्ट च्याप्टर, टेक्सासका अन्य पदाधिकारीको पनि उपस्थिति थियो । कार्यक्रममा देशान्तरका प्रधानसम्पादक तथा पत्रकार राणा र कांग्रेस भक्तपुरका सभापति चक्रधरले पनि मन्तव्य राखेका थिए ।

0