अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भयो | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको सभाकक्ष, अनामनगर, काठमाडौँमा सम्पन्न सो कार्यक्रममा अनेसास डी. सी. मेट्रो च्याप्टरका पूर्व अध्यक्ष साहित्यकार शरद निरौला, अनेसास न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष साहित्यकार पुनम काफले र अनेसास डी. सी. मेट्रो च्याप्टरका पूर्व उपाध्यक्ष साहित्यकार मंजु निरौलालाई स्वागत सम्मान गरिएको थियो | वरिष्ठ आख्यानकार पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा दुई दर्जन भन्दा बढी कविताहरू वाचन भएका थिए |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यकर्ममा अनेसासबारे छलफल पनि गरिएको थियो |
कविता वाचन तथा सम्मान कार्यक्रम सम्पन्न
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि