कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

वरिष्ठ गायक योगेश वैद्यको ‘गतिकवितासङ्ग्रह’ र सि.डी.को विमोचन

राजधानीमा एक विशेष समारोह बिच देशका प्रवुद्ध र विवेकशील साहित्य तथा सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा वरिष्ठ गायक योगेश वैद्यको पहिलो पुस्तक ‘समय प्रवाहमा छुटेका पलहरू’ गीतिकवितासंग्रह वरिष्ठ साहित्यकार तुलसी दिवसले विमोचन गर्नुभयो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्त श्रेष्ठ तथा जनकवि दुर्गालाल श्रेष्ठले कविता वाचनको अडियो सी डी विमोचन गर्नु भयो ।

विमोचित पुस्तक तथा सीडीबारे शुभकामना मन्तव्य दिने क्रममा दुर्गालाल श्रेष्ठ, यादव खरेल, प्रा. डा. अभि सुवेदी तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्तले पनि गायक योगेश वैद्यको गायन शैलीको प्रशंसा गर्दै गीत कविता लेखनमा पनि वहाँले उत्कृष्टता प्रस्तुत गर्नु भएको बारे चर्चा गर्नु भयो ।

प्रमुख अतिथि तुलसी दिवसले योगेश वैद्यको संवेदनशीलता र भावाव्यक्तिमा रहेको मार्मिकता तथा प्रखरताबाट आपूm पहिलेदेखि नै प्रभावित भएको स्वीकार्दै विमोचित पुस्तकले अझ उहाँका कुशल लेखनीलाई उजागर गरेकोबारे चर्चा गर्नु भयो । नातिकाजी स्मृति समाजका अध्यक्ष तथा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति शम्भूजीत बास्कोटाको अधक्ष्यता सम्पन्न कार्यक्रममा ‘समय प्रवाहमा छुटेका पलहरू’ सम्पादक कवि प्रद्युम्न जोशीले स्वागत मन्तव्य, कवि ठाकर वेल्वासे, प्रचण्डमान शाक्य लगायतले गायक वैद्यका गीत तथा कविताबारे वोल्नुभएको थियो । भने पुस्तकका लेखक वरिष्ठ गायक योगेश वैद्यले पुस्तकबारे मन्तव्य दिनु भन्दा पनि पुस्तकले नै आफ्नो परिचय आफै दिनेछ भन्नु भयो र पुस्तकमा समाविष्ट रहेका केही गीति रचनाहरू वाचन गरेर श्रोताहरुलाई भाव विह्वल बनाउनु भएको थियो ।
0