कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

कलाकारको आयोजनामा गजल प्रतियोगिता

देवेन्द्र पौडेल । अन्तरास्ट्रीय कलाकार मन्च र नेपाली भाषा तथा साहित्य प्रवर्धन समिति यु ए इले खुल्ला गजल वाचन प्रतियोगिता तथा श्रस्ठा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। यु ए इको बरदुबै सहर स्थित सिन्धी पन्जाब रेस्टोरेण्टमा नोवेम्बर २१ तारिक शुक्रवार सम्पन्न यु ए इ व्यापी खुल्ल्ला गजल प्रतियोगितामा प्रतियोगि २१ गजलकारका गजललाई पछि पार्दै बाग्लुङका गजलकार राजिब जी सि सँघर्सीको ढुङाहरु तिम्ले छुदा एका एकै अत्तर भए । फुल ती मैले छुदा साच्चै यहाँ पत्थर भए । यही शेरबाट सुरु भएको गजल प्रथम भएको छ त्यसै गरी इन्धन डि बि भण्डारीको गजल दोस्रो तथा जी पि तिवारीको तेस्रो अनि सान्त्वना पुरस्कार पाउनेमा ईश्वर च्याङ्बा र ओम कुमारी खाँणको गजल छ ।


अन्तरास्ट्रीय कलाकार मन्चका अध्यक्ष मोहन राज शर्मा मोहनको अध्यक्षतामा सम्पन्न उक्त सम्मान तथा प्रतियोगितामा यु ए इ स्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि कलाकार साहित्यकार हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी प्रतियोगी गजललाई मापन गर्नका लागि आवाज शर्मा, टंक गुरुङ र जीवन शर्मा अर्यालको निर्णायक टोली रहेको उक्त कार्यक्रममा विवश ज्ञवाली असफलको मिठो स्वागत मन्तव्य सँगै जे सागर ले यु ए इको स्थानीय समय अनुसार दिउसो ३ बजेबाट सुरु गर्न्नु भएको थियो । कार्यक्रममा प्रतियोगी गजलका अलवा यु ए इ भन्दा बाहिर रहेका अगृणी सर्जकहरुका साथै अप्रतियोगि कविता गजल पनि वाचन गरेर कार्यक्रमलाई साहित्यमय बनाइएको कार्यक्रममा उपस्थित कृष्ण घिमिरेले जानकारी दिनु भयो । कार्यक्रममा उत्कृष्ट छानिएका ५ गजलका गजलकारहरुलाई पुरस्कारका साथमा प्रमाण पत्र अनि निर्णायक मण्डलीलाई कदर पत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो । बिजयि गजलकारलाई हार्दिक बधाई तथा शुभकामना ।