कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

चक्रपाणी चालिसको जनमजयन्ती मनाइयो

भक्तपुर, २० कात्तिक–

साहित्यकार चक्रपाणी चालिसको १ सय ३२ औं जन्मजयन्तीको अवसरमा उनको जन्मथलो भक्तपुरको कटुन्जेमा विशेष कवि गोष्ठी बिहिबार सम्पन्न भएको छ । कटुन्जेको चक्रपाणी चोकमा निर्माण गरिएको चक्रपाणी पार्कमा विशेष कार्यक्रम सहित कविगोष्ठी गरिएको हो ।

गोष्ठीमा अभय श्रेष्ठ, रामगोपाल आशुतोष, हरिहर तिम्सिना, नरेन्द्र कुमार नगरकोटी, रेनुका भट्टराई, उर्मिला पन्त, श्याम बहादुर भावुक, सुरेश बखुन्छे, दिनमान गुर्मछान, ईश्वर थोकर लगायतका कविहरुले कविता बाचन गरेका थिए । यही अवसरमा यसपटकको चक्रपाणी साहित्यसम्मान संस्कृतिविद तेजेश्वर बाबु ग्वंगलाई प्रधान गरियो । १० हजार रुपैंयाको यो पुरस्कार बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतिले प्रदान गरेका छन् । २५ सय रुपैंयाको चक्रपाणी प्रतिभा पुरस्कार भने आदर्श मावि लायकुकी विद्यार्थी कुमारी लामालाई प्रदान गरियो ।

कार्यक्रम चक्रपाणी स्मारक परिषदले आयोजना गरेको हो ।