सन्ध्या राई कार्की/शिकागो/ शिकागोमा बुद्धको बारेमा बिचार गोष्ठी सम्पन्न भएको छ । शिकागोल्याण्ड थारु सोसार्ईटीको आजोजनामा हिजो सो विचार गोष्ठी सम्पन्न भएको हो । गोष्ठीको अवसरमा सुबोध कुमार सिंहद्धारा लिखित थारु समुदायका महान् सपूतहरु शाक्यमुनि बुद्ध र सम्राट अशोक नामक पुस्तकको बारेमा समेत प्रकाश पारिएको थियो । कार्यक्रमको प्रमुख अतिथि तथा लेखक सिंहले समय बित्दै जाँदा परसंस्कृतिकरण भएको भएता पनि थारु संस्कारमा प्रशस्त मात्रामा बौद्ध संस्कारको अवशेषहरु रहेको धारणा राख्नु भयो । पुस्तकमा लेखक सिंहले शाक्यमुनि बुद्ध,सम्राट अशोक तथा थारु समुदायका संस्कार, संस्कृति तथा रीतिरिवाजलाई दाँजेर हेर्दा मिल्दोजुल्दो भएको उल्लेख गर्नु भएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु, शिकागोल्याण्ड फ्रेण्डशिप सोसाइटीका पदाधिकारीहरू, नेपाली तथा तिब्बती बुद्धीजिवीहरुले पनि बुद्धको बारेमा प्रकाश पार्नु भएको थियो । साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिको साथमा आयोजित सो गोष्ठी सफल पार्न सहयोग गर्नुहुने सबैलाई संस्थाका अध्यक्ष विक्रम थारुले धन्यवाद दिनु भएको थियो ।
शिकागोमा बुद्धको बारेमा बिचार गोष्ठी सम्पन्न
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि