कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बुँद रानालाई गजल सम्मान

भीमदत्तनगर, १४ मङ्सिर । महाकाली गजल प्रतिष्ठानले प्रदान गर्दै आएको ‘नेपाल गजल सम्मान’ गजलकार बुँद रानालाई शनिबार प्रदान गरिएको छ ।

महाकाली गजल प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव कार्यक्रममा रानालाई गजल वर्ष सम्मान–२०७१ नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ वासुदेव भाइसाबले प्रदान गर्नुभयो । सोही समारोहमा यस वर्षको ‘महाकाली गजल सम्मान’ वीरबहादुर विश्रामलाई तथा ‘नेपाल गजल पुरस्कार’ पुष्प अञ्जलिलाई प्रदान गरिएको छ ।

त्यस्तै ‘गजल सञ्चार सम्मान’ पत्रकार विष्णु अवस्थीलाई प्रदान गरिएको छ । सो अवसरमा आयोजित गजल प्रतियोगितामा जलेन्द्र बोहरा मनोरञ्जन पहिलो, रामचन्द्र धामी दोस्रो तथा चिरञ्जीवी रदिफ तेस्रो भए भने सान्त्वना गणेश जोशीलाई दिइयो । समारोहमा निर्मल स्पन्दनको गजलसङ्ग्रह ‘चोट लुकाएर’ विमोचन गरियो । रासस