कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

अन्तराष्ट्रिय साहित्यिक महोत्सबको नतिजा घोषणा

जनकमान डंगोल


भगवान गौतम बुद्धको जन्मस्थल विषयमा सिर्जित विश्वब्यापी दिग्भ्रम निस्तेज गरी सत्यको प्रतिरक्षा, लुम्बिनीको प्रचार प्रसार गरीपर्यटन प्रबर्द्धन, वुद्धका सन्देशहरूको प्रचार प्रसार गरी विश्व शान्तिमा योगदान गर्ने जस्ता उद्देश्यहरूका साथ सूत्रपात गरिएको लुम्बिनी-कपिलवस्तुदिवस विश्व अभियानको छैटौं बार्षिकी मनाउने क्रममा वुद्ध र लुम्बिनी विषयमाकेन्द्रित भएर अन्तर्राष्ट्रिय साहित्यिक महोत्सब मनाउने हेतुले डा मधुमाधुर्यको मूल संयोजकत्वमा गठित १३ सदस्यीय मूल आयोजक समितिले “वुद्धजन्मेको देशमा आजका स्वर-लहरीहरू” शिर्षकमा अन्तर्राष्ट्रिय साहित्यिकमहोत्सब आयोजना गरेको थियो ।

बरिस्ट साहित्यकारहरू डा. कविताराम श्रेष्ठ, कृष्णप्रकाश श्रेष्ठ र दामोदर पुडाशैनिरहनु भएको तीन सदस्यीय निर्णायकमण्डलको मूल्यांकन अनुसार उत्कृष्ट पाँचजना कविहरूमा बिनोद न्यौपाने (वेलायत), विवेक दुलाल छेत्री (युएइ), शमाश्री (इजरायल), डा मन मूर्ति भुर्तेल (रसिया) र जगत नबोदित (वेलायत) पर्नुभएको छ । त्यसपछिका छ: जना उत्कृष्टकविहरूमा दीपक आचार्य “जलन” (कुबेत), बिशाल शाह (न्यू योर्क), लालानाथघिमिरे (खाँदबारी), जीवन श्रेष्ठ (गोर्खा), डा साबित्रा काफ्ले (अस्ट्रेलिया), मोहन आचार्य जलद (पोर्तुगल) र नारायण थापा हुनुहुन्छ ।

अभियानद्वारा छिट्टै काठमाण्डौंमा आयोजना गरिने विशेष कार्यक्रमका बीच पहिलोपाँच जनालाई जनही रु १० हजार तथा प्रमाणपत्र र पछिल्लो छ: जना प्रत्येकलाईप्रमाणपत्र प्रदान गरिनेछ ।

कविताहरू प्रतियोगी र अप्रतियोगी गरी दुईकिसिमका थिए । प्राप्त कविताहरूलाई विशेष तयारीका साथ बुटवलबाट सन्चालितखस्यौली एफएम ९१.८का रोहित ढकाल, सुमन श्रेष्ठ, सरोज कंडेल र कपिलज्ञवालीले तयार गरी प्रसारण गरेको थियो भने अस्ट्रेलियाको एडिलेडबाटसन्चालित रेडियोमेलबर्नबाट सन्चालित नेपाली संचार, कपिलवस्तुको रेडियोबाणगंगा, रेडियो मायादेवी, भ्वाइस अफ शाङ्रिला, रेडियो जनादेश र रेडियोमैत्रीले समेत ऐक्यबद्धता स्वरुप प्रसारण गरेका थिए ।

यस कार्यक्रमको लागि आवश्यक आर्थिकव्यवस्थापन सुमन खरेल (रसिया), बिकल आचार्य (वेलायत), बिमल गिरी (बेल्जियम)र बिनोद अधिकारी (कुवेत)द्वारा गरिएको थियो ।

अभियानले वुद्ध र लुम्बिनीमा केन्द्रित भएरनेपाली एवम् बिदेशी बिसिस्ट व्यक्तिहरूलाई सहभागी गराउँदै रेडियो मार्फतलगातार २४ र २५ घण्टे कार्यक्रमको आयोजना यस अघिका वर्षहरूमा गरिसकेपश्चातलुम्बिनी र वुद्ध विषयमा केन्द्रित भएर पहिलो पटक अन्तरराष्ट्रिय रुपमा यसरी आयोजना गरिएको साहित्यिक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुनेसबैलाई अभियानको तर्फबाट अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एकविज्ञप्ती मार्फत धन्यवाद दिंदै आभार प्रकट गर्नुभएको छ ।

उक्त प्रतियोहीहरू मध्ये कवयत्री समाश्रीको कविताको सानो अंस तल प्रस्तुत गरिएको छ ।
..
कविता — शुद्ध बुद्ध
एक दूरको अतिथि
एक दूरको परदेशी
मेरो माटोमा आएर बुद्ध खोज्दा
यो बुद्ध जन्मेको देश होभन्दा
आवाज किन काँप्छन् ?
परदेशी किन मुस्कुराउँछ ?
म आफै किन अलमलिन्छु