कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

श्रवण मुकारुङको निबन्ध सङ्ग्रह ‘भावालय’ को विमोचन

श्रवण मुकारुङको निबन्ध सङ्ग्रह ‘भावालय’ को विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा विष्णुविभू घिमिरेले संयुक्तरुपमा पुस्तकको विमोचन गरेका हुन् ।

कवि तथा गीतकार मुकारुङ प्रज्ञा प्तिष्ठानका प्राज्ञ समेत हुन् । उनले ‘विसे नगर्चीको बयान’ शीर्षकको कविता कृति लोकप्रिय छ ।

पुस्तकमा ‘पृथ्वीनारायण शाह र वैकल्पिक चेतना’, ‘भानु विमर्श’, ‘भाषा साहित्यमा वाणिज्य शास्त्र’, ‘गणतन्त्रपछि नेपाली साहित्य’ जस्ता शीर्षकका ३५ निबन्ध सङ्ग्रहित छन् ।