कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

लाहुरेहरुको युद्धसंस्मरण 'खुकुरीको धारमा २ शताव्दी'

लाहुरेहरुको युद्धसंस्मरणको पुस्तक "खुकुरीको धारमा २ शताव्दी" राजधानीमा सार्वजनिक भ्एको छ । पुस्तक काङमाङ नरेश कुमार राईले सम्पादन गरेका हुन । सो कृति संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव गणेश रसिक र आख्यानकार राजन मुकारुङले सार्वजनिक गरेका हुन ।

कृति सार्वजनिकीकरण पछि सदस्यसचिव रसिक, आख्यानकार राई र पत्रकार अरुण बरालले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनीहरुले युद्धलडेका सिपाहीहरुको संस्मरण लेख्ने जटिल कार्यभार उठाएर काङमाङले नेपाली पाठकहरुलाई गुन लगाएको बताए ।

यसमा २७ जना युद्ध लडेका सैनिकको संस्मरण समेटिएको छ । उनीहरुमध्ये अधिकांशले सैनिक सेवा गरेको मुलुकले आफूहरुमाथि अन्याय गरेको बताएका छन् । उचित पेन्सन लगायत सेवासुविधा पाए देश फर्किने अधिकांशको चाहना पुस्तकमा उतारिएको छ ।

यो किताब ब्रदर्श बुक्सले बजारमा ल्याएको हो ।