कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

रविन्द्र मिश्रको कविता संग्रह सार्बजनिक

२३ फागुन, काठमाडौं । बिबिसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रको कविता संग्रह शनिबार सार्वजनिक भएको छ । प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा दर्शकको रुपमा सहभागी भएका तर कविता बाचन नगरेका दुई महिलाले कविता संग्रह सार्बजनिक गरेका हुन् ।

‘रविन्द्र मिश्रका कविता’ नामक कविता संग्रहमा ५४ वटा कविता संग्रहित छन् । यो उनको पहिलो कविता संग्रह हो ।

फाईन प्रिन्टले प्रकाशन गरेको कविता संग्रहको मूल्य २ सय रुपैयाँ तोकिएको छ । विमोचनको दिनमा ५० रुपैयाँ छुट दिइएको थियो ।
कविता संग्रह बिक्रीबाट प्राप्त सम्पूर्ण रकम चितवनको कान्दा क्षेत्रका विपन्न चेपाङ समुदायको हितका लागि खर्च गरिने मिश्रले बताएका छन् । यसअघि पनि उनले सामाजिक हितमा रकम खर्च गरेका थिए ।

मिश्रको कविता संग्रह ५ हजार थान प्रकाशन गरेको प्रकाशक अजित बरालले बताए ।
मिश्रका यसअघि देशको समसामियक बिषयमा तथा सामाजिक बिषयमा बिभिन्न प्रत्रपत्रिकामा प्रकाशित लेखहरुको संग्रह ‘भुमध्य रेखा’ र ‘खान पुगोस दिन पुगोस्’ भन्ने दुई पुस्तक प्रकाशित भएका छन् ।