कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नयाँ वर्षसँगै कविता सङ्ग्रह “माटो र मन” प्रकाशित

नव वर्ष २०७२ को शुभकामनासहित न्यु योर्कका नेपाली साहित्य सर्जक सहदेव पौडेलले आफ्नो पहिलो कविता कृति “माटो र मन” अनलाइन मार्फत अनावरण गरेका छन्।

पुस्तक अनलाइन मा हार्डकपी उपलब्ध छ यसको मूल्य अमेरिकामा ५ डलर तोकिएको छ भने नेपालमा नेपालमा यसको मूल्य जम्मा रु. १५० छ।

सहदेव पौडेल “माटो र मन”को कविता प्रचार प्रसार र प्रबर्द्धन गर्न मे



२ मा न्यु योर्कमा नियमित आयोजना हुने सृजनाका यात्राहरु मार्फत एकल वाचन लिएर आउँदैछन् ।

त्यसैगरि बोस्टन र भर्जिनियामा पनि आफ्नो कविता वाचनको कार्यक्रम लिएर जादैछन्। ९० पृष्ठको “माटो र मन”मा ६४ वोटा कविताहरु संग्रहित छन्।

संग्रहमा देश, परदेश र यसैको परिवेशका कविताहरु छन्। पुस्तक प्रकाशनको लागि खसखस डट कमले सघाएको हो ।