आदिकवि भानुभक्त आचार्यको २ सय १ औं जन्मजयन्ती अस्ट्रेलियामा पनि मनाईने भएको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले विगतका बर्षहरु जस्तै यसबर्ष पनि बिशेष कार्यक्रम गरी भानु जयन्ती मनाउन लागेको हो ।
आगामी जुलाई ११ तारिकमा ग्रानभिल लाईब्रेरी र पुलिस स्टेसनको नजिककै रहेको काल्टर्न स्ट्रीट ग्रानभिलमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक मुक्तिराम पोखरेलले जानकारी दिए ।
सोहिदिन कविता वाचन, कला सँस्कृति, बाल प्रतिभा सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रम राखिएको छ भने प्रवासी पाईला पुस्तकको विमोचन समेत गरिनेछ ।
बिहान १० बजे सुरु हुने कार्यक्रममा सहभागिताका लागि प्रष्ष्ठिानकी अध्यक्ष सुजता केसी बस्नेतले सम्पूर्ण साहित्य अनुरागी, सर्जक तथा सम्पूर्ण काव्य प्रेमीहरुलाई आ आफ्नो कृति सहित उपस्थित हुन आग्रह गरेकी छिन् ।