कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन

हङकङ, ४ मे, मातृभूमि नेपालमा भर्खरै विनाशकारी महाभूकम्पवाट सात हजारभन्दा ज्यादाले अकालमा ज्यान गुमाउने दिवंगत आत्माहरू र १२ हजारभन्दा ज्यादा घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दर्जनौ साहित्यकारहरूको विशेष भेलाले सयुंक्त दीप प्रज्वलन गरी श्रध्दाञ्जली शोक मनाए | उक्त भेलाले सर्वसहमत अनुरुप कवि चन्द्र मादेन 'आन्छन्' को संयोजकत्वमा "विश्व नेपाली साहित्य महासङ्घ हङकङ" गठन गरिएको थियो भने सचिवमा कवि वल्लभ रोक्का, कोषाध्यक्षमा कवयित्री पूर्णिमा शाह, सदस्यहरूमा कवि डी बी पालुङवा, कवि श्रीकुमार चाम्लिङ 'पूर्वेली' र कवयित्री सुनिता गिरीलाई चयन गरिएको थियो |


उक्त भेलामा अन्य साहित्यकारहरू विमल राई, किन्दर राई, त्रिभुवन लुम्फुङवा, विष्णु कुमार ईङ्नाम, गोविन्द कुमार गुरुङ, तिलक वालाहाङ राई, तिर्थ राई आदिको उपस्थितिरहेको थियो | नव संयोजक 'आन्छन् 'ले विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत अहिलेसम्म २० वटाभन्दा बढी देशहरूमा २७ वटाभन्दा ज्यादा शाखाहरू गठन गरिएको, विश्वव्यापी रुपमा अनलाइन मार्फत कविता, गजल प्रतियोगिता निरन्तर गरिरहेको, नेपाली लगायत अन्य भाषामा पुस्तक प्रकाशन देखि लिएर, अहिलेको वर्तमान स्थितिमा नेपालमा महाभूकम्पद्वारा ज्यान गुमाउन लागेकाहरूको उद्वार गरी योगदान दिने साहसीलाई पचासौं हजारभन्दा ज्यादाको पुरस्कार घोषणा भैसकेको कुरोको अवगत गराउदै आगामी दिनमा हङकङमा पनि यस्ता साहित्यिक गतिविधिहरू अन्य साहित्यिक संस्थाहरूसँग हातेमालो गर्दै निरन्तर कृयाशिल भएर अघि वढिने कुरोको जानकारी गरिएको थियो |


सो सौहाद्वपूर्ण भेलामा कवयित्री द्वय पूर्णिमा शाह, सुनिता गिरी र कवि विष्णु कुमार ईङ्नामद्वारा भूकम्पले देश आक्रान्त र कहाली लाग्दो वनाएको विषयलाई लिएर ह्रदय बिदारक सृजना पाठ गरिएको थियो ।

वल्लभ रोक्का,  हङकङ