कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

टुँडिखेलमा भूकम्पका स्वरहरु

देश विनाशकारी भूकम्पले आक्रान्त बनेको बेला साहित्य, सिर्जना र सर्जकहरु पनि त्यसैगरी प्रभावित बनेका छन । यही अाइतबार दिउँसो साढे २ बजे नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा विशेष कवि गोष्ठी हुन लागेको छ । टुँडिखेलस्थित सैनिक मैदानका भूकम्प पीडितका अस्थायी शिविरहरूमा देशका सर्जकहरू भेला भएर सिर्जना सुनाउने भएका हुन् । ।

सो विशेष कवि गोष्ठीमा डेढ दर्जन कविहरुले साहित्यिक सिर्जनाहरु कविता, मुक्तक, गीत, गजल आदि सुनाउने छन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रकवि माधव घिमिरेे रहनु हुनेछ ।


विशेष कवि गोष्ठी शुरु हुनु अघि अस्थायी टहरामा बस्दै आएका भूकम्प पीडितहरुलाई भेट्ने कार्यक्रम पनि रहेको नेपाल मुक्तक प्रतिष्ठानका महासचिव रमेश पौडेलले जानकारी दिनु भएको छ ।