कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

‘सुगन्ध’ र ‘चौतारी’ विमोचित

झापा, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा धुलाबारीमा यहाँ साहित्यिक पत्रिका र कथासङ्ग्रह विमोचन भएका छन् । पत्रकार चन्द्र भण्डारीको सम्पादकत्वमा प्रकाशित ‘सुगन्ध’ नामक साहित्यिक पत्रिका र साहित्यकार विनोद खनालद्वारा लिखित ‘चौतारी’ कथासङ्ग्रहको विमोचन साहित्यकार प्रा डा भीम खतिवडाले गरे । सीमा वारि र पारिका विभिन्न साहित्यकारका लेख रचना प्रकाशित ‘सुगन्ध’ पत्रिकाको मेची क्याम्पसका प्राध्यापक तथा साहित्यकार कमल गुरागार्इंले समीक्षा गरेका थिए । सो अवसरमा दार्जिलिङका साहित्यकार शुकराज दियाली र धुलाबारीकै नवोदित साहित्यकार युनिता दाहाललाई पुरस्कृत गरिएको छ । पुरस्कारका साथ क्रमशः पाँच हजार र एक हजार १११ तथा कदरपत्र छन् ।