कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

आदिकवि भानुभक्त पुरस्कारको घोषणा

काठमाडौँ, १४ असार । यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ नेपाली भाषा, साहित्य तथा संस्कृतिमा विशिष्ट योगदान पु¥याउनु हुने आरडी प्रभाष चटौतलाई प्रदान गरिने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको सभापतित्वमा बसेको नेपाली शिक्षा परिषद्को बैठकले निर्णय गरेको हो । सो पुरस्कार यही असार २९ गते २०२औँ भानुजयन्तीका अवसरमा प्रदान गरिनेछ ।


यसैगरी बैठकले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ नेपाली भाषा तथा साहित्यको उन्नयनमा उल्लेखनीय योगदान पु¥याउनुहुने नगेन्द्रराज शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । सो पुरस्कार परिषद्को वार्षिकोत्सवका अवसरमा साउन ३२ गते प्रदान गरिनेछ ।‘आदिकवि भानुभक्त पुरस्कार’ २०५२ सालदेखि र ‘गोपाल पाँडे असीम पुरस्कार’ २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ ।