ऐतिहासिक सांस्कृतिक सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षति अवलोकन गराएर साहित्यिक रचना तथा अनुभूति लेखनमा सहयोग पु¥याउने उद्देश्यले स्थलगत अवलोकन गराइएको आख्यान विभाग प्रमुख मातृका पोखरेलले जानकारी दिए ।
सो अवसरमा निबन्ध विभाग प्रमुख डा. ज्ञानु पाण्डेको पनि उपस्थिति थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेको अध्यक्षता र वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वँगको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. ध्रुवचन्द्र गौतम, प्रा. मोहनराज शर्मा, सारदा शर्मा, रोचक घिमिरे, डा. कुमार कोइराला कृष्ण गौतम, कृष्णमोहन जोशी, ध्रुव मधिकर्मी, वियोगी बुढाथोकी लगायत ३८ जना साहित्यकार तथा संस्कृतिकर्मीहरुको सभागिता थियो ।
तस्वीर: पुरु लम्साल
साहित्यकार तथा संस्कृतिकर्मीद्वारा भक्तपुरका क्षतिग्रस्त सम्पदा अवलोकन
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि