काठमाडाँै, ११ असार । साहित्यकार मोहन सिटौलाको नेपाली भाषाको कृति ‘आवाजका जुलुस’ र ‘नयाँ विश्व’ तथा अङ्ग्रेजी कृति‘ दि न्यु ब्रेथ’(नयाँ सास) को आज यहाँ विमोचन गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले ती कृतिको विमोचन गर्दै विदेशी मनोरञ्जनका साधनको व्यापक ओइरोले गर्दा नेपाली साहित्य ओझेलमा परेको बताउँदै नेपाली साहित्य भण्डारलाई अझ समृद्ध बनाउन साहित्यकर्मीले थप मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यलाई विश्वमा फैलाउन समाजले अग्रणी भूमिका खेल्दै आएको बताउनुभयो । सर्जक सिटौलाले आफूले नेपाली जनताको पीडालाई कृतिमा प्रमुख रुपमा मुख्य जोड दिएको जानकारी दिनुभयो ।
समालोचक डा देवीप्रसाद गौतम र डा अमरराज जोशीले उक्त पुस्तकमाथि समीक्षा गर्नुभएको थियो भने समाजका उपाध्यक्ष रामबाबु सुवेदीले नेपाली साहित्यमा स्रष्टाको योगदानमाथि प्रकाश पार्नुभएको थियो । रासस
मोहन सिटौलाका तीन पुस्तकहरुको एकसाथ विमोचन
सम्प्रेषक - कृष्णपक्ष :
साहित्यसंसार डट कम

साहित्यसंसार
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - info@sahityasansar.com
थप साहित्यिक गतिविधि