कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

नेपाली साहित्यको विकासका लागि ‘विमर्श नेपाल’

मुलुकका विभिन्न जिल्लाका साहित्यानुरागी युवाको भेलाले किरण भट्टको संयोजकत्वमा ‘विमर्श नेपाल’ नामक संस्था गठन गरेको छ । समितिका सदस्य सचिवमा माधव अधिकारी, कोषाध्यक्षमा सरस्वती कटुवाल तथा सदस्यमा सलिना शिवाकोटी, सुबोध खनाल, प्रेम तामाङ र जनक ढुङ्गाना रहेका छन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपालका अध्यक्ष राधेश्याम लेकाली संरक्षक रहेको संस्थाका सल्लाहकारमा समालोचक महेश पौड्याल तथा कवि हेमन्त विवश र राजकुमार बराल छन् ।   नेपाली साहित्यको विकासका युवा सहभागिता अभिवृद्धि गर्न संस्था गठन गरिएको सदस्य सचिव अधिकारीले बताए ।

नवगठित समितिका पदाधिकारीलाई संरक्षक लेकाली तथा सल्लाहकार पौड्याल,विवश र बरालले शुभकामना दिएका थिए ।