कृति विमोचन / सार्वजनिकीकरण

साहित्य समाचार

बिश्व नेपाली साहित्य महासंघ इजरायलले भानु जयन्ती मनायो

विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यही २०१५ जुलाई १८ तारिक शनिबारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएको छ ।

इजरायलका लागि नेपाली राजदुत श्री प्रल्हाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभआरम्भ गरिएको थियो । समारोहमा उहाँकी धर्मपत्नी सिता प्रसाईंज्यू पनि उपस्थित हुनुभएको थियो ।

कार्यक्रम सन्चालन संस्थाका सचिव गणेश गौतम सागर ज्युले गर्नुभएको थियो भने स्वागत भाषण संस्थाकी सह - सचिव कल्पना पौडेल जिज्ञासुले गर्नुभएको थियो आयोजक सस्थाको तर्फवाट बरिष्ठ उपाध्यक्ष श्री दीपेन्द्र थापा ज्युले संस्थाको गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो त्यसपछि संस्थाकी सदस्य श्रीमती समा श्री ज्युले भानुभक्तको आलेखको बारेमा प्रस्तुत पार्नुभएको थियो ।

हाम्रा अतिथि प्रतिनिधि अनेसास इजरायल शाखाका अध्यक्ष श्री कृष्णपक्ष थापा ज्युले शुभकामना मन्तब्य दिनु भएको थियो । त्यसै गरी हिन्दूजागरण नेपाल अभियान इजरायल को तर्फवाट सुमित्रा आचार्य ज्युले पनि शुभकामना मन्तब्य प्रष्तुत गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघ सस्था र सङ्गठनबाट साहित्यकार तथा साहित्य अनुरागीहरूको उपस्थितिरहेको थियो ।


 कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरू, आयोजक सस्थाका सदश्यहरू र अन्य संघ सस्था र सङ्गठनबाट उपस्थित प्रतिनीधि तथा साहित्यकार तथा साहित्य अनुरागीहरूबाट कविता गज़ल मुक्तक गीत र भानुभक्त सम्बन्धी रचनाहरू उपस्थित साथीहरूले बाचन गर्नुभएको थियो ।

इजरायलका लागि नेपाली राजदुत श्रीप्रल्लाद कुमार प्रसाईं ज्युले कार्यक्रमको समीक्षा गर्दै भानुको बारेमा प्रस्ट पार्दै कविता बाचन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न रचनाहरू बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरू सावित्रा लुइँटेल घिमिरे, दिपेन्द्र थापा ’गणेश गौतम’ सागरु कल्पना पौडेल ’जिज्ञासु’ बसु श्रेष्ठ अम्बिका याम्फु अनमोल स समा श्री’कृष्ण पक्ष’ केशु पोखरेल, सुमित्रा आचार्य आदिलाई राजदुत ज्युको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । अन्त्यमा आयोजक संस्था विश्व नेपाली साहित्य महासंघकी अध्यक्ष श्रीमति सावित्रा लुइँटेल घिमिरेबाट उपस्थित सम्पूर्णलाई आभार तथा धन्यवाद दिंदै कार्यक्रमको समापन गरिएको थियो ।